छुट्टाछुट्टै आगलागी, ५० लाखको क्षति !
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ आइतबार १६:१०:३६
३० कार्तिक, जनकपुर । सर्लाहीका चार ठाउँमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । व्यक्तिको घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको छ ।
गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना. ७ ख. ३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको हो ।
ब्रहम्पुरी गाउँपालिकामा शनिबारै राति भएको आगलागीबाट एउटा पाडो र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ । वडा नम्बर १ बस्ने निरज साहको गोठमा बालेको मैनबत्तीबाट सल्किएको आगोले पाडो र बाख्रासहित गोठ जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बागमती नगरपालिकामा भएको आगलागीबाट एक जनाको एउटा दुई तले घर जलेको छ । वडा नम्बर १ डुमाजोर निवासी सुनिल तामाङको घरमा बालिएको मैनबत्ती सल्किएर आगलागी हुँदा उनको काठको कच्ची दुई तल्ले घर जलेको छ । आगलागीले रु १० लाख बराबरको क्षति भएको छ ।
यस्तै, बरहथवा नगरपालिकाको एक पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
बरहथवा नगरपालिका ७ स्थित बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा मनोज कुसवारले संचालन गरेको सु सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा रु १० लाख बराबरको जुत्ता चप्पलहरु ज्लेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान
चैत २९, २०८० बिहिबार
नेपालमा वायुको गुणस्तरमा पछिल्लो केही वर्षयता तुलनात्मक सुधार हुँदै
चैत २२, २०८० बिहिबार
हिउँ रहे पो हिमालचुली !
चैत १९, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार