ओलीलाई चुनौति : पद छाड्ने कि प्रचण्ड ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ आइतबार १६:४२:३
३० कार्तिक, काठमाडौं । सचिवालय बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रस्ताव पेश गरेपछि यतिबेला नेकपाको राजनीतिक तरंगित छ । नेकपामा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले वरिष्ठ नेताहरुकै सल्लाहमा राजनीतिक प्रस्ताव पेश गरेका हुन् ।
शुरुमा प्रचण्डको एकल प्रस्ताव भनिएपनि पछि वरिष्ठ नेताहरुले त्यो साझा धारणा भएको प्रतिक्रिया दिएपछि ओलीको ज्वरो बढेको छ । प्रचण्डकै कारण प्रधानमन्त्री बनेको, पार्टीलाई दुई तिहाई बहुमत प्राप्त भएको र ऐतिहासिक रुपमा ५ बर्षे सरकारको नेतृत्व गर्न पाएका ओलीलाई अहिले सत्ता छाड्ने कि प्रचण्ड फाल्ने भन्नेमा द्धिविधा छ ।
नेपाली राजनीतिको केन्द्रमा रहेर चलाखीपन गर्न नछुटाउने भएपछि उनलाई सम्हाल्न ओलीलाई खास चुनौति बढेको छ । शुरुवातदेखि नै पूर्व एमालेकै नेताहरुको मन जित्न नसकेका ओलीले अहिले पार्टीबाट लगभग एक्लो छन् ।
दम्भकै बलमा सत्ता चलाईरहेका ओली पछिल्लो समय दैनिक रुपमा आलोचित पनि छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ओलीमाथि सबै किसीमका आरोप लगाएपछि ओली गुट नराम्ररी झस्किएको छ ।
शुरुमा प्रस्ताव फिर्ता लिन दबाब दिएका ओली पक्षका नेताहरु अहिले कसरी सो प्रस्तावमाथि छलफल अगाडी बढाउने भन्नेमा पनि अलमलमा छन् । यसै विषयमा शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि आन्तरिक परामर्श गरेका छन् ।
शीतलनिवासमा एक्लाएक्लै भएको भेटमा ओलीले आगामी कदमबारेमा गोप्य छलफल गरेको शीतलनिवास स्रोत बताउँछ् । शुरुमा पूर्व एमाले नेताहरुसहित शीतलनिवास जाने सल्लाह गरेका ओली अन्तिम समय एक्लै शीतलनिवासमा आधा घण्टा छलफल गरेका थिए ।
छलफल गोप्य भएपनि प्रचण्डविरुद्ध अब कसरी प्रस्तुत हुने र कुन कदम चाल्ने भन्ने विषयमा कुराकानी भएको हुन सक्ने अनुमान गरिएको छ ।
पद छाड्ने कि प्रचण्ड ?
ओलीविरुद्ध एक पछि अर्को अर्को चाल बुनिरहेका प्रचण्ड यतिबेला प्रधानमन्त्री बन्ने धुनमा छन् । पाँच बर्ष नै ओलीलाई सत्ता चलाउन दिएपनि उनले जनताको मनमा निराशा मात्रै छरेपछि यतिबेला प्रचण्ड आत्तिएका हुन् ।
ओलीकै नेतृत्वमा चुनावमा जाँदा अहिले आएको बहुमत जोगिने सम्भावना नभएपछि आगामी चुनावमा सत्ता सुरक्षित गर्न प्रचण्ड प्रधानमन्त्री बन्न चाहेको देखिन्छ । आफुमाथि निरन्तर अपमान भएको र सत्ताधारी दलको अध्यक्ष भएपनि प्रधानमन्त्री बन्न नपाएको रिस प्रचण्डमा छ ।
तर ओलीले पद छाड्न मानेका छैनन् । ओलीले प्रधानमन्त्री पद मात्रै होइन, नेकपाको अध्यक्ष पद नै छाड्न मानेका छैनन् । अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नछाडेसम्म प्रचण्ड र माधव नेपाल पनि चुप लाग्ने पक्षमा छैनन् ।
यस्तो बेलामा फेरि ओली धर्म संकटमा फसेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दा पनि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुलाई मन्त्री नबनाएपछि उनीहरु झन् क्रुद्ध छन् । यसले पनि ओलीमाथि प्रहार गर्न प्रचण्ड र माधव नेपाललाई राम्रै निहुँ भएको छ ।
जताततैबाट आफ्नै मात्र स्वार्थ लुट्ने खोज्ने ओलीमाथि यतिबेला निर्णायक आक्रमणको चरणमा प्रचण्ड छन् । जसको शुरुवाती कदमका रुपमा फरक राजनीतिक प्रस्तावलाई लिन सकिन्छ । यस्तो बेला ओलीलाई ठूलो चुनौति बनेको अब सत्ता छाड्ने कि प्रचण्ड भनेर द्धिविधा उत्पन्न भएको छ ।
पूर्व एमाले र पूर्व माओवादी कित्ता छुट्टिसकेका बेला हड्डी मात्रै छ्ट्याउन बाँकी रहेको अवस्थामा ओलीले प्रचण्ड छाड्छन् कि सत्ता ? भनेर प्रश्न उब्जिएको छ । ओली स्वयंमले पार्टी फुटाऔँ भन्दा नराम्रो सन्देश बाहिर गएपछि यतिबेला ओली रक्षात्मक अवस्थामा पुगेका छन् ।
यस्तो विषम परिस्थितीमा ओलीले अब सत्ता छाड्छन कि पार्टी फुटाउन तयार भएर प्रचण्ड छाड्छन भन्ने कुरा अबको केही हप्तामा थाहा हुनेछ । तर यो सजिलो मात्रै होइन, ओलीले अहिलेसम्मकै गाह्रो परिस्थिती पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार