मंगलबार , मंसिर १६, २०७७

चार महिनामा एक पटक पनि स्वास्थ्यकर्मी नपुग्ने डोल्पा

चार महिनामा एक पटक पनि स्वास्थ्यकर्मी नपुग्ने डोल्पा

३० कार्तिक, डोल्पा । उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो । अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् ।

शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताए ।

“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भने । साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनीहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको बताइएको छ ।

तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए । “स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन्, कति बिरामी आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्”, लामाले भने ।

स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, ¥याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सचिवालय बैठकको ठाउँ फेरियो, ओलीको फेरि राजीनामा माग्ने प्रचण्डको योजना सचिवालय बैठकको ठाउँ फेरियो, ओलीको फेरि राजीनामा माग्ने प्रचण्डको योजना २ घण्टा पहिले
पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको अध्ययनको शुरु पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको अध्ययनको शुरु ५१ मिनेट पहिले
अतिविपन्न तथा दलित घरपरिवारलाई खाद्यान्न सहयोग अतिविपन्न तथा दलित घरपरिवारलाई खाद्यान्न सहयोग २५ मिनेट पहिले
नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ तोकिएको समयमै बन्ने प्रतिबद्धता नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ तोकिएको समयमै बन्ने प्रतिबद्धता १९ घण्टा पहिले
सडक र मोटरेबल पुल आयोजना अलपत्र, नागरिकलाई सास्ती सडक र मोटरेबल पुल आयोजना अलपत्र, नागरिकलाई सास्ती ३४ मिनेट पहिले
मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड २ घण्टा पहिले
पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण १७ घण्टा पहिले
प्याराग्लाइङि दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित प्याराग्लाइङि दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित १५ घण्टा पहिले
यस बर्ष बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउन पाइने यस बर्ष बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउन पाइने २ हप्ता पहिले
कोरोना प्रभाव :बेरोजगारलाई विषेश कार्यक्रममा समेट्न सकस कोरोना प्रभाव :बेरोजगारलाई विषेश कार्यक्रममा समेट्न सकस ३ हप्ता पहिले
बाँकेमा उपचाररत तीन जना संक्रमितको मृत्यु बाँकेमा उपचाररत तीन जना संक्रमितको मृत्यु ३ हप्ता पहिले
इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी ३ दिन पहिले
अफगानिस्तानमा कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु अफगानिस्तानमा कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु २ दिन पहिले
मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड मानुङकोटमा पूर्वाधार निर्माण गर्न वरिष्ठ नेता पौडेलको जोड २ घण्टा पहिले
फेसबुकमार्फत भर्चुअल हुण्डी कारोबार गर्ने को को हुन् नेपाली ? यसरी पाइन्छ नेपालमै अवैध डलरकार्ड फेसबुकमार्फत भर्चुअल हुण्डी कारोबार गर्ने को को हुन् नेपाली ? यसरी पाइन्छ नेपालमै अवैध डलरकार्ड २ हप्ता पहिले
मुकेश चौरसियाको हत्यामा संलग्न तिवारी भारतबाट पक्राउ मुकेश चौरसियाको हत्यामा संलग्न तिवारी भारतबाट पक्राउ ४ हप्ता पहिले