तिहारमा कुश्मा बजारका सडक पीच
नेपालबहस संवाददाता
मंसिर १, २०७७ सोमबार १४:५५:४७
१ मंसिर, पर्वत । कुश्मा बजारभित्रका मुख्य सडकहरुमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास कार्यालयमार्फत नगर क्षेत्रको बजारभित्रको झण्डै तीन किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको हो । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।
नगरभित्रको तीन किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।
बजारक्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट काम भइरहेको छ । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छ्याउने काम अघि बढेको छ ।
नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम आठ मिटर चौडा बनाउने गरी सडक विस्तारमा जुटेको नगर प्रमुख जोशीले बताउनुभयो । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगेर सडक विस्तार गरिएको छ ।
पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख जोशीले बताए । “बजारका सबै सडकको न्यूनतम मापदण्डानुसार चौडा पार्ने काम सकियो”, उनले भने, “अहिले दोस्रो चरणका काममा अघि बढेका छौँ ।”
शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख जोशीको भनाइ छ ।
सडकमा कालोपत्रे बिच्छ्याउने काम शुरु भए पनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् । सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको जोशीले बताए ।
अहिले शिवालय चोकदेखि धनेश्वर चोक हुँदै प्रगति चोकबाट बडागाउँ र मैत्री चोकदेखि शिवालय माविसम्मको सडक मात्र कालोपत्रको काम भइरहेको छ । बाँकी सडकमा कालोपत्रे बिच्छ्याउने कार्यका लागि सङ्घ र प्रदेश सरकारकासँग समन्वय भइरहेको नगरप्रमुख जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
मुग्लिन–पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
चैत २८, २०८० बुधबार
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार