परिवर्तन चाहियो, तर अब को ?
नेपालबहस संवाददाता
मंसिर १, २०७७ मंगलबार ०:१९:१५
♦ यामप्रसाद शर्मा
सरकार एकपछि अर्को गर्दै दिनानुदिन ओरालो लागिरहेको छ । वर्तमान कोरोनाको माहामारीको संयोजन र व्यवस्थापनमा चुकी रहेको अवस्थामा दिनहुँ डरलाग्दा भ्रष्टाचारका समाचारमा अवतरित हुनु बाहेक अरु कहीँ कतै सरकारको छाँया समेत देख्न छाडियो, यो ज्यादै दुखद अवस्था हो । समग्र प्रशासन घुसखोरीको अड्डामा परिणत भएको छ ।
आम जनता वेरोजगारी, भुखमरीले अक्रान्त छन् तर सत्तासिनहरु आन्तरिक कलहको वाँसुरी बजाएर दोहोरि खेल्न मै मस्त छन् । विकासको गति ठप्पछ, वैदेसिक ऋणको आकार सगरमाथा जत्रो हुन लागिसक्यो । तर जसले सत्ताको स्वाद पाइरहेका छन् ति त् मस्त छन् नै जुठो पुरो हात लागि हुने जमात पनि तीन बित्ता उफ्रिन छाडेको छैन् ।
यी बाहेक राष्ट्रका ९० प्रतिशत जनता शोकाकुल छन् । आफ्नो र आफ्ना सन्तानको कहाली लाग्दो भविस्यको कल्पनाले त्रसित छन् । यत्रो विपद परेको बेला आँफुले जिताएर पठाएका जनप्रतिनिधिहरुको अकर्मन्यताले जनता विकल्पको खोजीमा नलाग्लान भन्न सकिन्न ।
तर को ?
सत्तासीनको घितलाग्दो हर्कतले गाईजात्रा विर्साइ रहेका छन् । सिद्धान्तहीन भडुवा जोक्करहरु नीति न नियमको अन्त्यहीन खेलमा मग्न छन् । कुनै एउटाको पत्तासाफ नभएसम्म यो खेलको अन्त्य हुने देखिदैन् । अब कुन पक्षले कुनलाई सक्ने हुन् कसरि सक्ने हुन् ? साथमा को को सकिने हुन् केहि निश्चित छैन ।
दुवै पक्षले मालिक मान्ने शक्ति उही नै हो अमेरिकन सीआईए भारतीय रअ अनि युरोपियन युनियन र चिनिया गुप्तचर संस्था । पाकिस्तानी आईएसआई र विभिन्न आतंकवादी संगठनको हल्ला पनि सुनिन्छ । तर यिनीहरु निर्णायक स्थितिमा नभएकोले यिनीहरुको चर्चा सतहमा आउदैन् ।
निरीह निमुखा जनताले सरकारबाट कही कतै कुनै प्रकारको राहत नपाएपछि छाया सरकारतिर आसे नजरले हेरिरहेका छन् । सायद यिनीहरु हाम्रा लागि केही बोलिदिन्छन् कि भनेर अथवा मै खाउँ मै लाउँमा डुवेको सत्तासीनलाई झक्झकाउने हिम्मत गर्छन कि भनेर तर वास्तविक सरकार भन्दा कम्तिको छाँया सरकार पो कहाँ छ र ?
आफ्नैसितको भारीले थिचिएको थिचिएको प्रतिपक्ष प्रमुखलाई कसरि महाधिवेशन आफ्नो पोल्टामा पार्ने खेल नै महत्वपूर्ण बनिरहेको छ । सत्ता पक्ष होस् कि प्रतिपक्ष होस् केवल आफ़्नै पोल्टो भर्ने छिर्के दाऊ मा व्यस्त छन् । नेता चाहे त्यो शीर्ष होस् या दोस्रो तेस्रो तहको नै किन नहोस अलि अलि बुद्धि विवेक भएकाहरुले नै तिनका झोले लफांगाहरुले डोहोर्याईरहेको वर्तमान अवस्थाको अन्त्य राजा आऊ देश बचाऊ नै किन बनाउन खोजिएको हो बुझ्न सकिएको छैन । के यो पनि विदेशीकै नेपाल योजनाको अंग हो ।
एक जना पूर्वप्रधानमन्त्री नेपाल रिमोट कन्ट्रोलबाट चल्ने देश हो भनेका थिए । पछिल्ला शृंखलाबद्ध घटनाक्रमहरु पनि विदेशीकै निर्देशनमा भईरहेका हुन् भन्नेमा शंका छैन् । विदेशीकै चलखेलले सरकारको चुनावी घोषणा पत्र पुरा गर्ने प्रतिबद्धता ? खै त् पार्टीका झोले लफंगाहरु बाहेक जनताले देख्ने महसुस गर्ने खालका क्रियाकलाप ?
फ्र्यान्क्फर्ट, जर्मनीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार