कोरोना भाइरसको खोप ९५ प्रतिशत सफल
नेपालबहस संवाददाता
मंसिर १, २०७७ मंगलबार १:५२:२०
१ मंसिर, एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता पाएको छ । अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप ९५ प्रतिशत सफल भएको हो ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४ दशमलव ५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो । यो भनेको कोरोनाविरुद्धको भ्याक्सिन लगभग निर्माण सम्पन्न भएको छ ।
अब विश्व स्वास्थ्य संघ लगायतका आधिकारिक निकायबाट यसको स्वीकृति बाँकी छ । केही दिनअघि मात्र जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको जानकारी सार्वजनिक भएको थियो।
मोडेर्नाले यो खबर आउनू आफ्ना लागि सुखद दिन भन्दै आगामी केही सातामा आफ्नो खोप प्रयोगका लागि अनुमति पाउने बताएको छ। मोडेर्नाको खोप अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको थियो। यसमा विभिन्न चरण र प्रक्रिया थिए।
कम्पनीका प्रेसिडेन्ट डाक्टर स्टेफन होजले पनि यो नतिजा आउँदा केहीबेर स्तब्ध भएको बताएका छन्। कम्पनीका अनुसार यो खोप कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा देशअनुसार भर पर्नेछ।
मोडेर्नाले खोप प्रयोगको अनुमति पाएपछि सबभन्दा पहिले अमेरिकाका लागि २ करोड खोप उपलब्ध गराउने बताएको छ। यसपछि आगामी वर्षसम्म संसारभरका देशका लागि करिब १ अर्ब खोप बनाउनेछ। आफ्नो खोप प्रयोगका लागि अनुमति दिन अरू देशसँग पनि सम्झौता गर्ने कम्पनीले जनाएको छ।
हाल संसारमा दर्जनौं खोपहरू आफ्नो परीक्षणको अन्तिम चरणमा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार