सोमबार , मंसिर १५, २०७७

महानगरको आदेश फेरि पनि अवज्ञा, खुलामञ्चमा निर्वाध रुपमा निःशुल्क भोजन

महानगरको आदेश फेरि पनि अवज्ञा, खुलामञ्चमा निर्वाध रुपमा निःशुल्क भोजन

२ मंसिर, काठमाडौं । तिहारपछि खुलामञ्चमा भीडभाड गरेर खाना खान नदिने काठमाडौं महानगरपालिकाको आदेश फेरि पनि अवज्ञा भएको छ । विभिन्न अभियान्ताहरुसँगको छलफलमा यसअघि महानगरले तिहारपछि खुलामञ्चमा निःशुल्क खाना खान नदिने बताएका थिए ।

खाना खुवाउन उचित ठाउँको व्यवस्था गर्न नसकिएपछि खुलामञ्चमा निःशुल्क भोज बाँडिएको हो । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएपछि पुरानै तरिकाले खाना वितरण गरिएको उनको भनाई छ ।

खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्न आफूहरु समस्यामा पर्ने बताए । उनीहरुले कि काम दिनुपर्ने कि खाना दिनुपर्ने धारणा राखे । सडकमा बसेर खाना खान आफूहरुको रहर नभएको पनि उनीहरुले बताए ।

खुलामञ्चमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने, संक्रमण फैलिने डर हुने र सहरको सौन्दर्य पनि नहुने भनी काठमाडौं महानगरपालिकाले खाना खुवाउने संस्थाहरुसँग पार्टी प्यालेसजस्तो बन्द ठाउँमा खाना खुवाउन सहमति गरेको थियो । तर विकल्प बिना आदेश मात्रै दिने महानगरका थुप्रै घोषणा घोषणमै सिमित भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन ४ हप्ता पहिले
स्याङ्जामा एकै दिन १ सय ११ जना फरार प्रतिवादीहरू पक्राउ स्याङ्जामा एकै दिन १ सय ११ जना फरार प्रतिवादीहरू पक्राउ ४ हप्ता पहिले
शेयरबजार पूँजीकरण झण्डै २३ खर्ब, नेप्से उच्चअङले वृद्धि हुँदै १७ सयमाथि पुग्यो शेयरबजार पूँजीकरण झण्डै २३ खर्ब, नेप्से उच्चअङले वृद्धि हुँदै १७ सयमाथि पुग्यो ३ हप्ता पहिले
पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह ३ हप्ता पहिले
वालिङमा सुविधा सम्पन्न ब्युटीसियन ट्रेनिङ सेन्टर संचालनमा, उपप्रमुख तिवारीले गरिन उद्घाटन वालिङमा सुविधा सम्पन्न ब्युटीसियन ट्रेनिङ सेन्टर संचालनमा, उपप्रमुख तिवारीले गरिन उद्घाटन ३ हप्ता पहिले
प्रधानमन्त्री आफै गलत कि उनका सल्लाहकार ? प्रधानमन्त्री आफै गलत कि उनका सल्लाहकार ? २ हप्ता पहिले
नेपाली कांग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा नेपाली कांग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा ४ हप्ता पहिले
किशोरी हत्याको विरोध गर्ने ९ जनाविरुद्ध सार्वजनिक मुद्दा किशोरी हत्याको विरोध गर्ने ९ जनाविरुद्ध सार्वजनिक मुद्दा २ हप्ता पहिले