साझा र विवेकशील पार्टी एकता नजिक !
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार २२:४१:४०
२ मंसिर, काठमाडौं । विवेकशील नेपाली र साझा पार्टीबीच एकता हुने सम्भावना बढेको छ । विवेकशीलका दुई तिहाई सदस्यले एकताका लागि सहमति दिएपछि दुई पार्टीबीच एकता हुने सम्भावना बढेको हो ।
विवेकशीलले २६ र २७ कात्तिकमा एसएमएस र ईमेलबाट गरेको मतदानका क्रममा दुई तिहाइ सदस्यले साझासँग एकीकरण गर्न नेतृत्वलाई स्वीकृति दिएका हुन् । तर, पार्टी एकीकरण भने राजनीतिक संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदन अनुसार हुनुपर्नेछ ।
विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहका लागि मतदान गरिएको थियो ।
शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गरेको दाबी गरेको छ । अब साझाको केन्द्रिय समितिले स्वीकृति दिएपछि दुई पार्टीबीच एकता हुनेछ ।
यसअघि दुई पार्टीबीच एकता भएपनि केही समयमै टुटेको थियो । पार्टीमा विग्रह आउँदा झन ठूलो जनमत गुम्ने भएपछि दुई पार्टीबीच एकता हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार