शनिबार , मंसिर १३, २०७७

निःशुल्क पशु बीमा कार्यक्रम सुरु

निःशुल्क पशु बीमा कार्यक्रम सुरु

२ मंसिर, काठमाडौं । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो । चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

“यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,” उनले भने, “अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उनले जानकारी दिए । “किसानले बीमा कम्पनीमार्फत् पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,” उनले भने, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

आर्थिक वर्ष ०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । चालु आर्थिक वर्षदेखि बीमा निःशुल्क हुने भएपछि यसतर्फ कृषकको थप आकर्षण बढ्ने भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ,” उनले भने, “मैले विगत सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।”

चालु आर्थिक वर्षदेखि ती बीमा निःशुल्क हुने भएपछि कृषकलाई राहत मिल्ने उनले बताए । “चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषकलाई उत्साह मिलेको छ,” उनले भने । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्राधिकरणले पुनःस्थापना र पुन : निर्माणमा उपलब्धिबारे सेमिनार गर्ने प्राधिकरणले पुनःस्थापना र पुन : निर्माणमा उपलब्धिबारे सेमिनार गर्ने १ दिन पहिले
कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा ६ दिन पहिले
हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने हिमालयन चितुवा केवन किक बक्सिङको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने ५ दिन पहिले
प्रचण्डलाई ‘हेग’ ओलीको तुष मात्र ! प्रचण्डलाई ‘हेग’ ओलीको तुष मात्र ! १३ घण्टा पहिले
एसबीआई बैंकद्धारा परोपकार केन्द्रलाई विद्युतीय उपकरणहरु प्रदान एसबीआई बैंकद्धारा परोपकार केन्द्रलाई विद्युतीय उपकरणहरु प्रदान २ दिन पहिले
दलित र अपाङ्गताका क्षेत्रमा बजेट प्रभावकारी भएन दलित र अपाङ्गताका क्षेत्रमा बजेट प्रभावकारी भएन ५ दिन पहिले
नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन : नेता सिंंह नेकपा भित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन : नेता सिंंह ५ दिन पहिले
वाग्मतीमा पनि गहुँको बीउ अभाव, किसान समस्यामा वाग्मतीमा पनि गहुँको बीउ अभाव, किसान समस्यामा २ दिन पहिले