भारतसँगको नाका खोल्न माग गर्दै सीमामा धर्ना
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार १३:४७:४५
३ मंसिर, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।
सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ ।
सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा भारततर्फ जाने बाटोमा मङ्गलबार र आज ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताए ।
सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताए । मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उनको भनाइ थियो ।
सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताए । निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न सङ्घीय सरकारसँग पटकपटक गुहार गरे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेकोे उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार