भर्चुअल रुपमा ब्रिक्सको सम्मेलन सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार १६:४६:४१
३ मंसिर, काठमाडौं । ब्रिक्सको १२ औं शिखर सम्मेलन सम्पन्न भएको छ । बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिँदै भर्चुअल सम्मेलन सकिएको हो । सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ ।
सम्मेलनले अन्तर्राष्ट्रिय शासन प्रणालीलाई अझ सुदृढ गर्नुपर्ने र निर्णय प्रक्रियामा विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड दिएको छ । सम्मेलनले संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अन्तराष्ट्रिय मुद्रा कोष र अन्य अन्तर्राष्ट्रिय संस्थालाई प्रभावकारी बनाउनुपर्ने र ती संस्थामा सुधारसमेत गर्नुपर्नेमा जोड दिएको छ ।
सम्मेलनाई सम्बोधन गदै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ लगायतका महामारीलाई पराजित गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले सम्बोधनमा क्रममा बहुपक्षीयतालाई विशेष जोड दिएका थिए ।
पछिल्लोपटक चिनियाँ अधिकारीहरुले बहुपक्षीयताको प्रवर्द्धनमा विशेष जोड दिन थालेका छन् । राष्ट्रपति सीले दीर्घकालीन विकास र वातावरण संरक्षणमा जोड दिएका थिए ।
त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ भ्याक्सिन उत्पादन र आतंकवाद नियन्त्रणमा सबै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार