पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को नियुक्त
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार २१:४०:३
३ मंसिर, काठमाडौं । दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञसमेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर १५ मा राजीनामा दिएका थिए ।
मेरिनाको सरकार विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए । राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरे । उनले प्रदर्शनका क्रममा बेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गरे ।
राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताए । सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार