सोमबार , मंसिर १५, २०७७

शेयरबजार ऐतिहासिक रेकर्डतर्फ उन्मुख हुँदै, बजारमा अत्याधिक चहलपहल

शेयरबजार ऐतिहासिक रेकर्डतर्फ उन्मुख हुँदै, बजारमा अत्याधिक चहलपहल

३ मंसिर , काठमाडाैं । ट्रेडिङ्ग, उत्पादन तथा प्रशाेधन र बीमा उपसूचकहरुमा आएको उछालसँगै  तिहारपछिको पहिलो कारोवार दिन नेप्से परिसूचक २३ दशमलव ३२ अंकले वृद्धि हुँदै १७४१ दशमलव ८१ को विन्दुमा बन्द भएको छ ।

आज १९४ कम्पनीको शेयर कारोवार हुँदा ४ अर्ब ७९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक १ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । बजारमा आज अन्तिम समयमा उच्च विन्दु बनाउँदै बन्द भएको छ। अन्तिम समयमा आक्रामक रुपमा खरिदकर्ता आउँदा समस्त दोश्रो बजारनै इण्ट्राडे हाईमा बन्द भएको हाे।

आजको दोहोरो अंकको वृद्धिमा वाणिज्य बैंक उपसुचकको हात रहेको थिएन । वाणिज्य बैंक उपसुचकमा गिरावट आउँदा आउँदा पनि दोश्रो बजारमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । शेयर बजारले धेरै वर्ष अघि १८८१ को उच्च विन्दु समातेको थियो ।

अब त्यो विन्दु पुग्न थोरै मात्र परिसुचक बाँकी रहेको अवस्थामा वाणिज्य बैंकमा एक दुई दिनको बुल र्याली आउँदा पनि बजारले ईतिहासकै उच्च विन्दु छुने सम्भावना एकदमै धेरै देखिएको छ । दैनिक कारोवार रकम आकर्षक भएको, लगानीको अन्य क्षेत्र कम हुँदै गएको अवस्थामा दोश्रो बजारप्रति ध्यान अलिक धेरै भएको र प्राथमिक बजारमा आकर्षण वृद्धि भए सँगै छिटै बजारले १८८१ को विन्दु समात्ने  सम्भावना अलिक धेरै भएको देखिन्छ।

हाईड्रोपावर उपसुचकमा भने आज सर्वाधिक गिरावट देखिएको छ । आज अरु क्षेत्रमा चहलपहल वृद्धि हुँदा हाईड्रोपावर उपसुचकमा भने चहलपहल एकदमै कम थियो ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना संक्रमणबाट मोरङमा थप दुईको मृत्यु कोरोना संक्रमणबाट मोरङमा थप दुईको मृत्यु ४ दिन पहिले
गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु ७ दिन पहिले
भ्यालेन्सियाको आत्मघाती गोलले एट्लेटिको विजयी भ्यालेन्सियाको आत्मघाती गोलले एट्लेटिको विजयी २ दिन पहिले
स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा जाेड स्थानीय पाठ्यक्रममा ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्नेमा जाेड २ दिन पहिले
नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था ३ दिन पहिले
आज भारतीय विदेश सचिव श्रींगला नेपाल आउँदै आज भारतीय विदेश सचिव श्रींगला नेपाल आउँदै ५ दिन पहिले
टिकटकमा १६ वर्षे किशोरीले बनाइन् १० करोड फलोअर टिकटकमा १६ वर्षे किशोरीले बनाइन् १० करोड फलोअर ५ दिन पहिले
द्धिपक्षीय सम्झौता कार्यान्वयन गर्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्धिपक्षीय सम्झौता कार्यान्वयन गर्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १ दिन पहिले