आइतबार , मंसिर १४, २०७७

नेकपाका परित्याग गरि ककनीमा सयौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश

नेकपाका परित्याग गरि ककनीमा सयौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश

४ मंसिर, काठमाडौं । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२, सानु, चित्रेमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ । नेकपा पार्टीको विभिन्न पदमा रही काम गर्दै आएका सयौं व्यक्तिहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस ककनी–काठमाडौं सम्पर्क समितिका सभापति तथा समाजसेवी ऋषिकुमार तमाङको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा वडाका प्रत्यासी वडाध्यक्ष तिलक लामा, विद्यार्थी नेता विजय ढुङ्गाना, प्रत्यासी वडा सदस्य दिपेश रुम्बा र तरुण दल संयोजक सूर्य जिम्बाको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

सयौं युवाहरूले नेकपाको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको सामूहिक घोषण गरी कांग्रेसमा प्रवेश गरेका हुन् । हाल समाजमा मौलाउदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा नेकपालाई साइजमा ल्याउन पनि अब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूर्ण योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशी सलोन तमाङ, अमृत तमाङलगायतले बताए ।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले आउँदा दिनहरूमा टोल टोलमा कांग्रेसको संगठन विस्तार गर्दै यसलाई बलियो बनाउन लागि पर्ने कुरामा सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय