आइतबार , मंसिर १४, २०७७

सुदुरपश्चिममा राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन

सुदुरपश्चिममा राजतन्त्र पुर्नबहालीको माग गर्दै प्रर्दशन

४ मंसिर, धनगढी । धनगढीमा संवैधानिक राजतन्त्र पुनःबहालीको माग गर्दै प्रर्दशन गरिएको छ । स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल ¥यालीसहित राजतन्त्र पुनःबहालीको माग गर्दै प्रर्दशन भएको हो ।

धनगढीबाट सुरु भएको ¥याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरियामा पुगेर सम्पन्न भएको छ । ¥यालीमा सहभागीहरुले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” लगायतका नारा लगाएका छन् ।

¥यालीमा राजसंस्था पुनःबहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय