सोमबार , मंसिर १५, २०७७

चापाकोटमा नेपाली कांग्रेसको भव्य अन्तरक्रिया कार्यक्रम

चापाकोटमा नेपाली कांग्रेसको भव्य अन्तरक्रिया कार्यक्रम

४ मंसिर, स्याङ्जा । नेपाली कांग्रेस चापाकोट नगर समितिको आयोजनामा बुधबार चापाकोटमा नेपाली कांग्रेसको भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सांसद भागवतप्रकाश मल्लको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मल्लले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्याल निमन्त्रणा बिना स्कुलका भवनहरु उद्घाटन गर्दै हिड्नुले सरकारले निरंकुशताको रबैया देखाएको बताए । उनले भने, मन्त्री हुँ भन्दै बिद्यालय ब्यबस्थापन समितिलाई समेत जानकारी नदिई कस्का लागि बिद्यालय उद्घाटन गरेको ? उनको प्रश्न थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति कुमार राना, वालिङ् नगरपालिका प्रमुख दीलिपप्रताप खाड, भीरकोट नगर प्रमुख छायाराम खनाल, चापाकोट नगरप्रमुख शिवकुमार गिरि, चापाकोट नगर उपप्रमुख बिमला श्रेष्ठ, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, महाधिवेशन प्रतिनिधि बिष्णु पौडेल, नेपाली कांग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिका सभापति देवीप्रसाद अर्याल लगायतको उपस्थित रहेको थियो ।

नगर सभापति रामचन्द्र पङेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति बोमबहादुर हमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव गौरव भट्टराईले कार्यक्रम संचालनमा गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय