शनिबार , मंसिर १३, २०७७

ठूलो र बलियो बन्दै कुमारी बैंक, नाफामा आकर्षक वृद्धि, व्यवस्थापन यसरी भयो सफल ?

ठूलो र बलियो बन्दै कुमारी बैंक, नाफामा आकर्षक वृद्धि, व्यवस्थापन यसरी भयो सफल ?

५ मंसिर, काठमाडाैं । कोरोना संक्रमणका बीच धेरै वित्तीय संस्थाहरूलाई वितरणयाेग्य मुनाफामा असर परेको अवस्था भए पनि कुमारी बैंक लिमिटेडले भने चालु आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमासमा आकर्षक वित्तीय विवरण प्रस्तुत गर्दै आफ्ना लगानीकर्तादेखि वित्तीय बजारका सबैलाई चकित पारेको छ । एक वर्षको अवधिमा कुमारी बैंकले खुद मुनाफा र प्रतिशेयर आम्दानीमा ५० प्रतिशतको वृद्धि हासिल गर्दै वाणिज्य बैंक मध्य नै आक्रमक रुपमा मुनाफा वृद्धि गर्ने बैंकको रुपमा अघि सरेको छ।

बैंकले लगानीकर्तालाई आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंकले १० दशमलव ८५ प्रतिशत बोनश शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हाे।

बैंकको संचालक समितिको अध्यक्षमा अमिर प्रताप ज.ब. राणा रहेका छन् भने संचालक समिति सदस्यहरुमा कृष्णप्रसाद ज्ञावाली, महेश प्रसाद पोखरेल, अनुराधा चौधरी, डा. गणेश प्रसाद पाठक रहेका छन् ।

त्यस्तै बैंककाे उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी रहेका छन् भने अनुजमणि तिमिल्सिना वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत छन् । सफल बैंकर भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापनाकालमा पनि सीईओको जिम्मेवारी दिएको थियो । कुमारी बैंक बुझेको र कुमारी बैंकलाई निकै माया गर्ने प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नजिकबाट हेर्ने व्यक्तिहरुले भण्डारीकाे चर्चा गरेको सुनिन्छ ।

३ अर्ब माथि चुक्ता पुँजी भएको देवः विकास बैंकलाई आफुमा गाभे पश्चात बैंक झनै बलियो भएको जानकारहरू बताँउछन । नेपाल राष्ट्र बैंकले तोकेको न्यनतम ८ अर्ब चुक्ता पुँजी पश्चात पनि बैंकले ३ अर्ब माथिको विकास बैंकलाई गाभ्नुलाई बैंक आफै अघि बढ्ने र अरु ठूला वाणिज्य बैंकसँग नगाभिने प्रस्ट देखिएको छ।

प्रस्तावित  लाभांशमा उच्च प्रतिफल :
कम्पनीले हाल प्रस्ताव  गरेको १४  प्रतिशत लाभांशको बुक क्लोज नभएको अवस्थामा कम्पनीको अहिलेको बजार २३९ लाई लिँदा अहिलेको  बजार मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ दशमलव ८५ प्रतिशत प्रतिफल देखिएको छ।  कुमारी बैंकको डिभिडेण्ड इल्डलाई अन्य बैंकको डिभिडेण्ड इल्डसँग दाँजेर हेर्दा निकै आकर्षक रहेको छ।

रिटर्न अफ इक्विटी १३ प्रतिशत माथि :

बैंकको अहिलेको रिटर्न अफ इक्विटी १३ प्रतिशत भन्दा माथि रहेको छ। वाणिज्य बैंकको औसत रिटर्न अफ इक्विटी भन्दा कुमारी बैंकको माथि नै रहेको छ । यसको अर्थ कुमारी बैंकको व्यवस्थापनले शेयरधनीको पुँजीबाट राम्रै प्रतिफल निकालेको बुझ्न सकिन्छ।

लाभांशको ईतिहास:*नोट : आर्थिक वर्ष ०७६/७७ को प्रस्तावित लाभांश, बुक क्लोज हुन् बाँकी ।

कुमारी बैंकको आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :

खुद मुनाफामा लोभलाग्दो वृद्धि :
कुमारी बैंकको खुद मुनाफामा आकर्षक वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमाससम्म बैंकले ६० करोड २५ लाख खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७६/७७को प्रथम त्रैमाससम्म बैंकले ४० करोड १९ लाख मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ५० प्रतिशतको वृद्धि देखिएको छ।

प्रमुख आम्दानीको श्रोतमा ४३ प्रतिशतको वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा ४३ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा ९१ करोड ८५ लाख खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७७/७८को प्रथम त्रैमाससम्ममा बैंकले १ अर्ब ३१ करोड खुद व्याज आम्दानी गरेको छ ।

कम्पनीले जोखिमवापत १ करोड ३४ लाख व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमाससम्ममा बैंकले ६ करोड ९५ लाख मात्र व्यवस्थापन गरेको थियो । समिक्षा अवधिमा संचालन मुनाफा पनि ५२ प्रतिशतले वृद्धि हुँदै ८६ करोड ५ लाख पुगेको छ।

वितरण योग्य मुनाफा बढ्यो:
वितरण योग्य मुनाफा गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा २ प्रतिशतले वृद्धि हुँदै २५ करोड ९१ लाख पुगेको छ।

प्रतिशेयर आम्दानी ५० प्रतिशतले बढ्यो :
कम्पनीको प्रतिशेयर आम्दानी ५० प्रतिशतले वृद्धि हुँदै १९ रुपैयाँ २५ पैसामा रहेको छ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा मात्र थियो।

मूल्य आम्दानी अनुपात १२ गुणा :
कम्पनीको दोश्रो बजारमा मंसिर ४ गतेको बजार मूल्य २३९ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १२ गुणा रहेको छ ।

संचित मुनाफा र जगेडा कोष बढ्यो :
बैंकको संचित मुनाफा र जगेडा कोष भने वृद्धि भएको छ । बैंकको संचित मुनाफा २७ प्रतिशतले वृद्धि भएर १ अर्ब ६७ करोड पुगेको छ भने जगेडा कोष ८ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ५९ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन।

निक्षेप कर्जा दुवै १ खर्ब माथि:
कुमारी बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी १ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको छ।

खराब कर्जा बढ्यो :
खराब कर्जा ३६ प्रतिशतले वृद्धि हुँदै १ दशमलव ४३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७६/७७को प्रथम त्रैमासमा खराब कर्जा १ दशमलव ०५ प्रतिशत मात्र थियो ।

आधार व्याज दर घट्यो :
बैंकले आधार व्याजदर घटाउन सफल भएको छ। बैंकको आधार व्याजदर ८ दशमलव ४० प्रतिशतमा झरेको छ जो एक वर्ष अघि १० प्रतिशत भन्दा माथि थियो ।

निस्कर्ष:
कुमारी बैंकले आकर्षक वित्तीय विवरण प्रस्तुत गर्दै सबैको मन जितेको छ। बजार मूल्यको तुलनामा आकर्षक लाभांश दिँदै लगानीकर्ता खुशी भएका छन् र बैंक व्यवस्थापनको कुशलताले गर्दा आगामी दिनका लागि अझै उत्साषित  भएको देखिन्छ । ३ अर्ब माथिको विकास बैंकलाई आफुमा गाभे पश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब माथि हुनु निक्षेप र कर्जा १ खर्ब माथि हुनुले बैंक अब ठूला वाणिज्य बैंक सँग प्रतिष्पर्धा गर्न सक्षम भएको देखिन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय