मंगलबार , मंसिर १६, २०७७

दैनिक तापक्रम नाप्न सामुदायिक विद्यालयलाई थर्मोगन

दैनिक तापक्रम नाप्न सामुदायिक विद्यालयलाई थर्मोगन

५ मंसिर, काठमाडौं । कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए । सबैले मास्क लगाई सामाजिक दूरी कायम गर्दै आयोजित सो कार्यक्रममा काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायत सहभागी थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय