सैनामैनाका कृषकलाई आधुनिक मौरीका घार वितरण
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १५:३:१४
५ मंसिर, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाका कृषकलाई आधुनिक मौरीका घार वितरण गरिएको छ । नगरपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि बिहीबार ३० वटा घार वितरण गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ‘युएनडीपी’ को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा व्यावसायिकरूपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ कृषकलाई दुई–दुईवटाका दरले मौरीको घार प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।
मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने महमदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायतका १७ वटा सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिए । माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार