आलु उत्पादनका लागि भीरकोट पकेट क्षेत्र
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १५:१३:३७
५ मंसिर, वालिङ । आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट नगरपालिकाका कृषि समिति संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र क्षेत्रीले बताए ।
“आलु उत्पादनका दृष्टिले भीरकोट उर्वरभूमि पनि हो, निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेटक्षेत्र निर्धारण गरेर काम थालेका छौँ” संयोजक क्षेत्रीले भने, “पकेट क्षेत्रमा रहेका किसानले सामूहिक वा व्यक्तिगतरूपमा आलु लगाउने कार्य अहिले भइरहेको छ ।”
नगरपालिकाले १२ वटा आलु पकेट क्षेत्रका किसानलाई २० टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको संयोजक क्षेत्रीले बताए । किसानले उत्पादन गरेको बिउ आलु तथा खानका लागि उत्पादन गरिएको आलुको बिक्री वितरणको समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिने संयोजक क्षेत्रीले बताए ।
नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बिउ अनुदानमा वितरण गरेको हो । “आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्न सक्नेछन”, संयोजक क्षेत्रीले भने, “इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्न सक्नेछन् ।”
भीरकोट ५ को पकान फाँटमा बिउका लागि मात्रै करिब ३५ रोपनी क्षेत्रफलमा समूहमार्फत आलु लगाइएको किसान रामकृष्ण अर्यालले बताए । सोही ठाउँमा व्यक्तिगत र सामूहिकरूपमा आलु लगाउनका लागि पाँच वटा पकेट क्षेत्र रहेका छन् । करिब २०० किसानले सामूहिक र व्यक्तिगतरूपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेको किसान अर्यालले बताए ।
“अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त छन”, किसान अर्यालले भने, “यहाँ शुद्ध बिउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।” यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलु खनेपछि ‘आलु महोत्सव’ गर्ने र त्यहीँबाट आलुको खरिद बिक्री गर्ने व्यवस्था मिलाउने किसान अर्यालको भनाइ छ ।
भीरकोट–२ को दहफाँटमा पनि २८ रोपनी क्षेत्रफलमा सामूहिक र व्यक्तिगतरूपमा आलुखेती थालिएको छ । दहफाँटमा ९० किसानले २४ क्विन्टल आलु लगाउने भएका छन् । आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको नगरपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको दहफाँटका आलु खेतीमा संलग्न किसान मीनबहादुर अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार