मंगलबार , मंसिर १६, २०७७

तिमी आयौमा सन्तोष र अनुषाको अभिनय निकै लोभलाग्दो

तिमी आयौमा सन्तोष र अनुषाको अभिनय निकै लोभलाग्दो

५ मंसिर, काठमाडौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ ।

प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ ।

दिपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा आधुनिक सुगम संगीतको दुनिँयामाको वर्तमान समयमा निकै सफल गीतहरुको निर्देशनमा निकै ब्यस्त निर्देशक जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । ”तिमी आयौ ”गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय