शनिबार , मंसिर १३, २०७७

चिन्तित प्रचण्डलाई माधवको ढाडस !

चिन्तित प्रचण्डलाई माधवको ढाडस !

५ मंसिर, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको घर झगडाले केही समय भित्रै एउटा निकास दिने निश्चित देखिएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको चुनौती स्वीकार गरेपछि स्थिति निर्णायक मोडमा पुगेको छ ।

अब नेकपामा या त म रहन्छु वा प्रचण्ड रहन्छन् भन्दै ओलीले मंसिर ३ गतेकाे सचिवालय बैठकमा जवाफ फर्काएपछि यस्तो अवस्था निर्माण भएको हो । कम्युनिष्ट पार्टी भित्र यो तहको झगडा हुनुको अर्थ हो अब पार्टी एक रहन सक्दैन–नेकपाकै एक स्थायी कमिटी सदस्यले भने ।

प्रचण्ड निकट ती सदस्यका अनुसार, ओलीजीलाई चाहिने भन्दा धेरै दिइयो, अब उनीसँगै सती जान सकिन्न । प्रचण्ड जस्तो नेताले ओलीको स्वार्थपूर्ति गर्न सबै पीडा सहेको भन्दै उनले ओलीले चुनौती स्वीकारी बुद्धिमानी देखाएको टिप्पणी गरे ।  त्यति नगरेको भए भिजेको बिरालो जस्तो भएर हट्नुपर्ने अवस्था रहेको इँगित गर्दै उनले थपे– अब नेकपा र यो देशले ओलीको निरंकुशताबाट मुक्ति पाउनेछ ।

बाहिर यस्तो भन्दै गर्दा भित्र भित्रै प्रचण्ड भने विश्वस्त हुन सकिरहेका छैनन् । किनभने ओलीले आफ्ना कतिपय निकट मानिसलाई प्रभावित पार्ने उनको त्राश रहेको छ । बहुमत अल्पमतको परीक्षण अहिलेसम्म नभएको भन्दै ओलीले मंसिर ३ गतेको सचिवालय बैठकमा त्यसको जवाफ उपयुक्त समयमा खोजिने बताएका थिए । यसको अर्थ ओली अब सचिवालय र स्थायी कमिटीमा बहुमत जुटाउन कसरत गर्नेवाला छन् । साथै, संसदीय दलमा समेत उनले आफ्नो वर्चश्व कायम भएको प्रमाणित गर्न खोज्नेछन् ।

प्रचण्डलाई पार्टीबाट अलग गराउन सकियो भने माधव नेपाललाई त ह्याकुलाले मिचेरै तह लगाउने ओली पक्षको विश्वास रहेको छ । त्यसैले जसरी भएपनि प्रचण्डलाई पन्छाउने एक सूत्रीय अभियानमा ओली पक्ष जुटेको देखिन्छ । यसको राम्रो भनक प्रचण्डले पाइसकेका छन् । त्यसैले उनी पर्ख र हेरको अवस्थामै रहेका छन् । ओलीले मंसिर १३ गते कस्तो प्रतिबेदन ल्याउँछन् , त्यसपछि मात्रै अर्काे स्टेप चाल्ने उनको दाउ छ ।

ओलीले यस्तो प्रयास गर्दा प्रचण्ड निकट मानिस नै बहकिने सम्भावना प्रबल छ । गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले त लगभग प्रचण्डलाई छाडेर ओली कित्ता ज्वाइन गरिसकेका छन् । त्यस्तै टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल, मणि थापा र हरिबोल गजुरेल जस्ता हस्तीसमेत यतिबेला ओलीसँग निकट देखिएका छन् । उनीहरुलाई आफ्नो प्रभावमा पार्न सक्ने सम्भावना रहेको भन्दै प्रचण्डले निगरानी बढाएका छन् ।

तर नेता माधवकुमार नेपालको साथ र समर्थन रहेसम्म ओलीले आफूलाई केही गर्न नसक्ने ठम्याई पनि प्रचण्डको रहेको छ । नेता नेपाल अहिलेसम्म प्रचण्डलाई त्याग्ने पक्षमा देखिएका छैनन् । यद्यपि उनीमाथि पूर्व एमाले र माओवादी कित्ताकाट गर्न दबाव सिर्जना गर्ने तयारी ओली पक्षबाट भइरहेको छ ।

त्यसैको कडीका रुपमा ओलीले केही समय अघिबाटै जनताको बहुदलीय जनवादको पक्षमा कार्यकर्तालाई अडिग रहन निर्देशन दिइसकेका छन् । जबकी पार्टी एकताका बेला हाललाई २१ औं शताब्दीको जनवादलाई पार्टीले कार्यदिशा बनाउने समझदारी बनेको थियो । ओली पक्षले अबको सबै शक्ति र उर्जा केवल प्रचण्डलाई नेकपाबाट अलग्याउने काममा खर्च गर्ने भएका छन् । किनभने प्रचण्ड रहेसम्म ओलीले पार्टी भित्रको शक्ति सन्तुलनमा आफूलाई बलियो बनाउन नसक्ने देखेका छन् ।

प्रचण्डलाई पार्टीबाट अलग गराउन सकियो भने माधव नेपाललाई त ह्याकुलाले मिचेरै तह लगाउने ओली पक्षको विश्वास रहेको छ । त्यसैले जसरी भएपनि प्रचण्डलाई पन्छाउने एक सूत्रीय अभियानमा ओली पक्ष जुटेको देखिन्छ । यसको राम्रो भनक प्रचण्डले पाइसकेका छन् । त्यसैले उनी पर्ख र हेरको अवस्थामै रहेका छन् । ओलीले मंसिर १३ गते कस्तो प्रतिबेदन ल्याउँछन् , त्यसपछि मात्रै अर्काे स्टेप चाल्ने उनको दाउ छ ।

यद्यपि प्रचण्ड–नेपाल समूह ओलीको सामना गर्ने पक्षमा अडिग देखिएका छन् ।  हिजो मात्रै प्रचण्ड निवास खुमलटारमा सचिवालयका बहुमत पाँच सदस्य भेला भइ छलफल गरेका छन् । ओलीलाई तह लगाउन अहिलेपनि सकिएन भने कहिल्यै नसकिने निश्कर्ष सबैको रह्यो । साथै, ओलीले जस्तो कदम चालेपनि अब टालटुले पाराले कुनै सहमति नगर्ने उनीहरुको एकमत छ ।

ओली भने सकेसम्म प्रचण्डसँग एकल सहमति गरेर विवादको सुलह गर्न चाहन्थे । तर त्यो प्रयास बिफल भएकाले उनले माधव नेपालसँग पनि यस्तै प्रयास गरे । साथै, वामदेव गौतमलाई फकाउने उनको प्रयास निरन्तर जारी छ । हिजो भेला भएका पाँचै जना नेताले अब पाँच पाण्डबबीच कसैले फुट ल्याउन नसक्ने सन्देश बालुवाटारलाई दिन राजी भएका छन् । तर ओलीले निकट नेताहरुमार्फत प्रभावित पार्न सक्ने अवस्थाबारेसमेत चर्चा गरेका थिए ।

नेता नेपालले आफू पक्षका कोही पनि ओलीको फन्दामा नपर्ने विश्वास दिलाएका थिए । तर प्रचण्डले भने आफ्ना केही नेताको दोहाेरो चरित्रले समस्यामा पारेको तथ्य त्यहाँ खुलाएका थिए । त्यसैले तपाईंले निकट नेताहरुसँग घनिभूत वार्ता गर्नुपर्ने अवस्था रहेको छ भन्दै भेलामा नेता नेपालले प्रचण्डलाई भनेको एक नेताले खुलाए ।

साथै, ओलीले चाहेकै भरमा प्रचण्डले पद छाड्नुपर्ने कुनै कारण नरहेको भन्दै नेता नेपालले आश्वस्त तुल्याएका थिए । तर तपाईंले आफूनिकट साथीहरुको निगरानी भने गर्नुपर्ने भएको छ भन्दै नेता नेपालले प्रचण्डलाई सम्झाएको स्रोतले बताएको छ । उस्तै परे ओली नै पार्टी चोइट्याएर जान सक्लान् , तर पार्टी भने विभाजित हुने छैन भन्दै नेपालले प्रचण्डलाई ढुक्क हुन आग्रह गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको कामले पूर्णता पाउन सकेन पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको कामले पूर्णता पाउन सकेन ५ दिन पहिले
ठगी आरोपमा इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ ठगी आरोपमा इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ २ दिन पहिले
दाङकी संक्रमित महिलाको बाँकेमा ज्यान गयो दाङकी संक्रमित महिलाको बाँकेमा ज्यान गयो ३ दिन पहिले
कोरोना प्रभावित व्यवसायीलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन कोरोना प्रभावित व्यवसायीलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन ३ दिन पहिले
लगानीकर्ताको लागि खुशीको दिन, नेप्से १८०० माथि बन्द हुँदा आजको ग्राफले के देखायो ? लगानीकर्ताको लागि खुशीको दिन, नेप्से १८०० माथि बन्द हुँदा आजको ग्राफले के देखायो ? ४ दिन पहिले
अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट ६ दिन पहिले
विभिन्न स्थानबाट २१ जुवाडे पक्राउ, नगद ३ लाख बरामद विभिन्न स्थानबाट २१ जुवाडे पक्राउ, नगद ३ लाख बरामद १४ घण्टा पहिले
आकाशेपुलमा बम भन्दै ढुंगा भेटिएपछि…. आकाशेपुलमा बम भन्दै ढुंगा भेटिएपछि…. ६ दिन पहिले