मंगलबार , मंसिर १६, २०७७

एसएसपीहरुको सरुवा : काठमाडौंमा अशोक सिंह, ट्राफिकमा जनक भट्टराई, प्रवक्ता कडायतकाे पनि सरूवा

एसएसपीहरुको सरुवा : काठमाडौंमा अशोक सिंह, ट्राफिकमा जनक भट्टराई, प्रवक्ता कडायतकाे पनि सरूवा

५ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’हरुको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्य सरुवा भएर आएका छन् ।

काठमाडौंका एसएसपी श्याम ज्ञवाली साढे ६ महिनामै सरुवा भएर गएका छन् । उनी प्रहरी प्रधान कार्यालय तानिएका छन् । यस्तै ललितपुरका एसएसपी टेकप्रसाद राई पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको पनि सरुवा भएको छ । उनी  १४ महिनाभन्दा बढी समय ट्राफिकमा बसेर प्रहरी प्रधान कार्यालय नक्सालको सामूदायिक प्रहरी महाशाखामा सरुवा भएका हुन् । ट्राफिक प्रहरी महाशाखामा भने एसएसपी जनक भट्टराई आएका छन् ।

यस्तै कायर्दक्षतामा अब्बल मानिएका प्रहरी प्रवक्ता कुवेर कडायतको भने प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासी सरुवा भएको छ । उनीमाथि सरुवामा अन्याय भएको गुनासो सर्वत्र छ । त्यस्तै महत्वपूर्ण मानिने ललितपुरमा किरण बज्रार्चाय सरुवा भई आएकी छन् ।

यसैगरी महत्वपूर्ण मानिएका तालिम केन्द्रहरुमा राजनीतिक आस्थाका आधारमा बालुवाटारको ठाडो हस्तक्षेप भएको देखिन्छ । कुल ३३ जना एसएसपीहरुको विभिन्न ठाँउमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवाको पुरा विवरण:-

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एनफिल्डमै लिभरपुल पराजित एनफिल्डमै लिभरपुल पराजित ५ दिन पहिले
आज साँझ हर्षवर्धन र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता हुने आज साँझ हर्षवर्धन र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता हुने ५ दिन पहिले
यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार २ घण्टा पहिले
भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माण, प्राधिकरणले हासिल गरेका यस्ता उपलब्धि भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माण, प्राधिकरणले हासिल गरेका यस्ता उपलब्धि ४ दिन पहिले
उच्च राजनीतिक भेटवार्ता सकेर चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता उच्च राजनीतिक भेटवार्ता सकेर चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता २ दिन पहिले
क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाले  पाठ सिकायाे १ दिन पहिले
महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) ७ दिन पहिले
कोरोनाले धरानमा २२ बर्षकै युवतीको ज्यान गयो कोरोनाले धरानमा २२ बर्षकै युवतीको ज्यान गयो २ दिन पहिले