कोरोनाले विराटनगरमा ३ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार २०:२:५६
५ मंसिर, विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा ३ जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको अस्पतालले जनाएका छन् ।
भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार