आइतबार , मंसिर १४, २०७७

विष्णु पौडेल र सुवास नेम्वाङसँगको भेटवार्तापछि प्रचण्ड झन गम्भिर !

विष्णु पौडेल र सुवास नेम्वाङसँगको भेटवार्तापछि प्रचण्ड झन गम्भिर !

५ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलो बढेपछि अध्यक्ष प्रचण्ड चिन्तित भएका छन् । ओलीविरुद्ध राजनीतिक प्रस्ताव ल्याएका प्रचण्डले पछिल्लो राजनीतिक घटनाका क्रममा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ता पछि प्रचण्ड निराश र चिन्तित मुद्रामा प्रस्तुत भएकाे महासचिव पौडेलले बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा प्रचण्डले सचिवालय बैठक र नेकपाको भविष्यका विषयमा छलफल गरेका थिए ।

ओलीले लगातार पदलोलुपता र व्यक्तिवाद हावी गरेको भन्दै पार्टी एकता टिक्ने सम्भावना कम रहेको प्रचण्डको निर्ष्कष छ । महासचिव पौडेलसँगको भेटमा प्रचण्डले अब मिल्नेभन्दा अलग अलग बाटोमा हिड्ने बारेमा ठोस निष्कर्ष आउने पनि बताएका छन् ।

यद्यपि अध्यक्ष ओलीसँग निरन्तर छलफल, सहकार्य र वार्ता हुने प्रचण्डको भनाई छ । प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि जवाफसहितको प्रस्ताव ल्याउने ओलीको तयारी छ । यसका लागि उनले १० दिनको समय पाएका छन् ।

अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ । यस्तै मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रिय कमिटी बैठक बस्नेछ । दुवै बैठकले पार्टी एकता टुंग्याउने वा अलग्गिने भन्ने विषयमा नेतृत्वलाई म्यान्डेड दिनेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय