शनिबार , मंसिर १३, २०७७

उद्योग वाणिज्य महासंघको चुनाव : ६३ पदका लागि १२७ जनाको भीडन्त !

उद्योग वाणिज्य महासंघको चुनाव : ६३ पदका लागि १२७ जनाको भीडन्त !

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा यसपटक कडा प्रतिष्पर्धा हुने देखिएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक भएसँगै प्रतिष्पर्धा कडा हुने भएको हो ।

महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको छ । मूख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ पदका लागि १२७ जनाको भिडन्त हुने भएको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोनाले स्थगित भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा पदमा किशोर प्रधान र चन्द्र ढकाल भिड्दैछन् । प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छाको साथ सहयोग छ । दुवै प्रतिष्पर्धी प्यानलसहित मैदानमा उत्रिन लागेका हुन् ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय