आइतबार , मंसिर १४, २०७७

विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण स्वीकृत

विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण स्वीकृत

५ मंसिर, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आमाको घरलाई सांग्रिला डेभलपमेन्ट बैंककाे सहयोग आमाको घरलाई सांग्रिला डेभलपमेन्ट बैंककाे सहयोग ४ हप्ता पहिले
सरकारको अनुदानमा डिप बोरिङमार्फत घरघरमा पानी, स्थानीवासी खुसी सरकारको अनुदानमा डिप बोरिङमार्फत घरघरमा पानी, स्थानीवासी खुसी ३ हप्ता पहिले
युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल ४ हप्ता पहिले
चिनियाँ इ-कमर्श साइडमा ग्राहकको अधिक माग, १०० अर्ब डलरभन्दा बढीको सामान खरिद चिनियाँ इ-कमर्श साइडमा ग्राहकको अधिक माग, १०० अर्ब डलरभन्दा बढीको सामान खरिद २ हप्ता पहिले
सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्, त्यसको सुधार हुनुपर्छ : मुख्यमन्त्री भट्ट सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्, त्यसको सुधार हुनुपर्छ : मुख्यमन्त्री भट्ट ४ हप्ता पहिले
पोखरामा एकैदिन ७ जना संक्रमितको ज्यान गयो पोखरामा एकैदिन ७ जना संक्रमितको ज्यान गयो १ हप्ता पहिले
ढुक्क हुनुहाेस् ! हाम्रो टीमकाे विजय सुनिश्चित छ : उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ ढुक्क हुनुहाेस् ! हाम्रो टीमकाे विजय सुनिश्चित छ : उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ ४ दिन पहिले
आज गाई र गोरुको पूजा गरी मनाइँदै आज गाई र गोरुको पूजा गरी मनाइँदै २ हप्ता पहिले