शनिबार , मंसिर १३, २०७७

उद्योग वाणिज्य महासंघको चुनाव : किशोर प्रधान बलियो कि चन्द्र ढकाल ?

उद्योग वाणिज्य महासंघको चुनाव : किशोर प्रधान बलियो कि चन्द्र ढकाल ?

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कडा प्रतिष्पर्धा हुँदैछ । चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर चुनावी दौड शुरु गरेका छन् ।

गएको चैतमा हुनुपर्ने साधारणसभा कोरोनाका कारण सरेपछि मंसिरमा हुन लागेको हो । दुवै पदका उम्मेद्वारले आफूले जित्ने दाबी गर्दै आएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । बाँकी सबै पदका लागि चुनाव हुने भएपनि उनले वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार किशोर प्रधानलाई समर्थन गरेका छन् ।

प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल निर्विराेध भइसकेका छन् । उनीहरु दुवैले चन्द्र ढकाल समूहबाट उम्मेदवारी दिएका थिए । यसले चुनावको माहोल थप तताएको छ ।

जिल्ला नगर उपाध्यक्ष रहेका प्रधानले आगामी अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाको समर्थन पाएकाले जीत हासिल गर्ने दाबी गरेका छन् । तर चन्द्र ढकालप्रति धेरै व्यवसायीको समर्थन रहेका दावीले यसपटकको चुनाव झन रोचक हुने अनुमान छ ।

पछिल्लो समर्थन हेर्दा किशोर प्रधानलाई पूर्व अध्यक्षहरुको पनि समर्थन छ । पशुपति मुरारकाले समर्थन गर्दा भावी अध्यक्ष बन्न लागेका शेखर गोल्छाको पनि समर्थन छ । यस्तो अवस्थामा चन्द्र ढकाल समूह कति टिक्ला भन्ने पनि मत छ ।

तर प्रदेशको समर्थन हेर्दा किशोरभन्दा चन्द्र अगाडी देखिएको दाबी गरिएको छ । ढकाललाई लूम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको समर्थन रहेको दाबी उनको समूहले गरेको छ । किशोर प्रधान समूहले पनि लूम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम, प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका व्यवसायीले समर्थन गरेका देखिएको छ ।

तर चुनाव आउन अझै केही हप्ता बाँकी रहेकाले चुनाव कसले जित्छ भन्ने अहिल्यै एकिन छैन् । भावी अध्यक्ष गोल्छा र पूर्व अध्यक्ष ढकाल समूहमा लागेकाले उनले चुनाव जित्ने सम्भावना नकार्न सकिदैन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु २१ घण्टा पहिले
अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित) १० घण्टा पहिले
नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ बजारमा नेकपा अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ बजारमा ९ घण्टा पहिले
दाइँ साहित्य दाइँ साहित्य ९ घण्टा पहिले
हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन घट्यो हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादन घट्यो १५ घण्टा पहिले
निर्वाचन सम्पन्न भएको तीन हप्तापछि ट्रम्पले गरे हाउस छाड्ने घोषणा निर्वाचन सम्पन्न भएको तीन हप्तापछि ट्रम्पले गरे हाउस छाड्ने घोषणा १४ घण्टा पहिले
जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर १२ घण्टा पहिले
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग जुम्लामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग जुम्लामा १९ घण्टा पहिले