कौसी खेती गर्नेलाई ५५ हजार पुरस्कार
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शनिबार ०:९:१०
३ मंसिर, काठमाडौं । वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाए ।
भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउछु भन्ने सोचेको थिइन”, उनले भने । यसैगरी विगत सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएकी ग्वार्को वडा नं १ सुगमटोल निवासी कोपीला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत भए ।
पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई वढवा दिँदै आइरहेको कोपीलाले सुनाइन । एकवर्षदेखि सो खेतीलाई बढवा दिँदै आइरहेकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामनबाट पुरस्कृत भए । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क तरकारी वितरण गरेको पवित्राले बताए ।
कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले अर्गानीक उत्पादनमा जोड पु¥याउनुका साथै स्वस्थ्य जीवन यापन गर्न पनि सहयोग गर्ने चर्चा गरे । सो मन्त्रालयका सचिव डा. मतिना बैधले गतवर्ष प्रदेश सरकारले उक्त खेती प्रवद्र्धनका लागि काठमाडौंका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याए । हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार