आइतबार , मंसिर १४, २०७७

काठमाडौं उपत्यकामा संक्रमित हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं उपत्यकामा संक्रमित हुनेको संख्या एक लाख नाघ्यो

५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएसँगै उपत्यकामा मात्रै संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको हो । देशभर यो संक्रमितको संख्या देशभरकै कुल संक्रमितको ४६।४९ प्रतिशत हो ।

उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । उनीहरुमध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् ।

यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना छन् । उनीहरुमध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।

भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय