आइतबार , मंसिर १४, २०७७

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

५ मंसिर, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास ‘होमस्टे’ मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०-३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ ।

उनले भने, “विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।” पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

घलेगाउँबाट लमजुङ, अन्नपूर्ण ‘दोस्रो’ र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली ‘डा हर्क हिमाल’ र वुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

विसं २०५७ बाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको उक्त समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ ।

लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] १५ घण्टा पहिले
कोरोनाबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित हुने राष्ट्र भारत कोरोनाबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित हुने राष्ट्र भारत १२ घण्टा पहिले
पछिल्लो २४ घण्टामा १३८० नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा १३८० नयाँ संक्रमित थपिए १२ घण्टा पहिले
कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट सूचीमा कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट सूचीमा २१ घण्टा पहिले
इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक १२ घण्टा पहिले
बुन्डेसलिगामा बार्यन जित्दा हल्याण्डको डर्टमुण्ड पराजित बुन्डेसलिगामा बार्यन जित्दा हल्याण्डको डर्टमुण्ड पराजित १ घण्टा पहिले
बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने ७६ वर्षीय वृद्ध पक्राउ बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने ७६ वर्षीय वृद्ध पक्राउ १३ घण्टा पहिले
संयमता अपनाउन संयुक्त राष्ट्रंघको आग्रह संयमता अपनाउन संयुक्त राष्ट्रंघको आग्रह २१ घण्टा पहिले
बलात्कार आरोपित १४ वर्षीय एक बालकलाई ६ महिना कैद बलात्कार आरोपित १४ वर्षीय एक बालकलाई ६ महिना कैद २१ घण्टा पहिले
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने २ दिन पहिले
पश्चिमी वायुको प्रभाव : आज दिनभर पारिलो घाम नलाग्ने पश्चिमी वायुको प्रभाव : आज दिनभर पारिलो घाम नलाग्ने २ दिन पहिले
लगानीकर्ताको लागि खुशीको दिन, नेप्से १८०० माथि बन्द हुँदा आजको ग्राफले के देखायो ? लगानीकर्ताको लागि खुशीको दिन, नेप्से १८०० माथि बन्द हुँदा आजको ग्राफले के देखायो ? ५ दिन पहिले
मातृभूमि प्रतिको अगाध माया दर्शाउदै ‘मेरी आमा’ लिएर आए मनिष मातृभूमि प्रतिको अगाध माया दर्शाउदै ‘मेरी आमा’ लिएर आए मनिष ५ दिन पहिले
विद्यापति स्मृती पर्व : तीन दिवसीय कार्यक्रम गरी मनाइने विद्यापति स्मृती पर्व : तीन दिवसीय कार्यक्रम गरी मनाइने ५ दिन पहिले
माेदीलाई ओलीको सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’ माेदीलाई ओलीको सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’ ३ दिन पहिले
गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा ५ दिन पहिले