आइतबार , मंसिर १४, २०७७

वालिङलाई पन्ध्र हजार सर्जिकल मास्क सहयोग

वालिङलाई पन्ध्र हजार सर्जिकल मास्क सहयोग

६ मंसिर, वालिङ । दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल पन्ध्र हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

“रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम संकलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।”

कोभिड–१९ को संक्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गरेको सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डाहा हुने गरी आँचलले के काम गरेकी छिन् ? डाहा हुने गरी आँचलले के काम गरेकी छिन् ? ७ दिन पहिले
महासंघको चुनावमा ६५ प्रतिशत मत खस्याे महासंघको चुनावमा ६५ प्रतिशत मत खस्याे २१ घण्टा पहिले
कोरोना परीक्षण गर्दै हुनुहुन्छ ? सरकारी परिचय पत्र खोई ? कोरोना परीक्षण गर्दै हुनुहुन्छ ? सरकारी परिचय पत्र खोई ? ७ दिन पहिले
कोरोनाले थला परेको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ कोरोनाले थला परेको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ ३१ मिनेट पहिले
पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको पचास शय्याको अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामी बोक्न स्ट्रेचर र डोको ६ दिन पहिले
आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु आजदेखि सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन शुरु २ दिन पहिले
राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन ६ दिन पहिले
एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै एभरेष्ट बैंकको वित्तीय विवरणमा पहिरो, कुनै समयको ब्लूचिप बैंक अहिले आलु चिप्स बन्दै ५ दिन पहिले