मंगलबार , मंसिर १६, २०७७

पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल

पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल

६ मंसिर, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुने बताएकी छिन् । उनले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताएकी छिन् ।

आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उनले भनिन्, “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।”

हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार द्रुतगतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उनले बताइन । उनले भनिन्, “ विगतमा सिटामोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अन्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ ।”

स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले भनिन्, “सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।” लोकतन्त्रमा प्रणालीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उनले बताइन् । “स्याङ्जा मुकामबाट विकट र टाढा मानिएका चण्डकीभञ्याङ, कालीगण्डकी अहिले राजमार्गको अन्य पालिकाभन्दा कम छैनन्, जनताले विकासको अनुभूत गर्नुभएको छ ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण ७ दिन पहिले
चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा २ दिन पहिले
प्रहरी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ प्रहरी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ ३ दिन पहिले
मृत्युको मुखमा पुगेका कांग्रेस नेता मीन विश्वकर्मा कोरोना जितेर घर फर्किए मृत्युको मुखमा पुगेका कांग्रेस नेता मीन विश्वकर्मा कोरोना जितेर घर फर्किए २ दिन पहिले
कालीकोट राँचुली बस्तीमा आगलागी हुँदा ७६ लाखको क्षति कालीकोट राँचुली बस्तीमा आगलागी हुँदा ७६ लाखको क्षति २ दिन पहिले
महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) ७ दिन पहिले
दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु फेङ्हेको उद्देश्य दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु फेङ्हेको उद्देश्य २ दिन पहिले
बागलुङमा सफल हुँदै चियाखेती, स्थानीयवासी उत्साहित बागलुङमा सफल हुँदै चियाखेती, स्थानीयवासी उत्साहित २ दिन पहिले