प्रतिष्ठानमा डिनमा नियुक्त विरोधमा ३९ दिनदेखि तालाबन्दी
नेपालबहस संवाददाता
मंसिर ६, २०७७ आइतबार १:१:८
६ मंसिर, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो ।
उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा यही असोज २६ मुनिराज क्षेत्रीलाई नियुक्ति दिए । डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।
तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन तर प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान पाएका छैनन् । कल्याणकारी समाजले उपकुलपतिले नियुक्त गरेका तेस्रो डीन फिर्ता लिनुपर्ने माग गरेको छ । डीनसहित राखिएका मागबारे छलफल गर्न उपकुलपति प्रा डा वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन ।
प्रतिष्ठान केन्द्रीय कार्यालयमा दुई साताअघि पुगेका उपकुलपति प्रा डा वाग्ले समाजसँग आफैँ बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले लगाए ।
यता नेपाल पत्रकार महासंघ जुम्लाले उपकुलपति प्रा डा वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको दुई साता बढी भइसक्दा पनि प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट बञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ ।
प्रतिष्ठानको नेतृत्वले फोनसमेत नउठाएर सूचना लिने अधिकारबाट बञ्चित गरेको भन्दै तीनरतीन डीन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासंघका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकुलपति प्रा डा वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार