सोमबार , मंसिर १५, २०७७

वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन

वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन

६ मंसिर, काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । पीसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिए ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौंको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय