रिर्पोट नेगेटिभ आएका स्वास्थ्यकर्मी गौरीशंकरको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १७:०:०
धीरुभाइ
७ मंसिर सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ निवासी एकजना जनस्वास्थ्य अधिकृतको बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जनस्वास्थ्य अधिकृत ५० वर्षीय गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा उनी कार्यरत थिए । उपचारकै क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले भने, रिपोर्ट नेगेटिभ आएपनि रिकभर भएन, त्यसैले उनको कोरोनाकै कारण मृत्यु भएको हो । अस्पतालले पनि क्लिनिकल्ली कोरोना डेथ भनिएको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले दुई साताअघि जनस्वास्थ्य अधिकृत देवको कोरोना पोजेटिभ देखिएको जानकारी दिदै उनले त्यसपछि उनले नोबेलमा उपचार गराइरहेको थियो । सोही क्रममा उनको शनिबार राति करिब ११ बजे मृत्यु भएको उनले बताए ।
मृतकको शब गृह नगरमा ल्याएर कोसी ब्यारेज स्थित संस्कारको तयारीमा रहेको वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले जानकारी दिए । यससँगै जिल्लामा सात महिलासहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको ३६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार