डाहा हुने गरी आँचलले के काम गरेकी छिन् ?
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १७:२२:४०
७ मंसिर, काठमाडौं । पछिल्लो समय नायिका आँचल शर्मा विवाहित भएर पनि व्यस्त छिन् । नेपाली फिल्म क्षेत्र विवाहित नायिकाका लागि फलामको चिउरा चपाउनुसरहको क्षेत्र हो । विहे हुनेवित्तिकै थोरैले मात्र काम पाउँछन् ।
धेरैले बेवास्ता गर्छन् । तर ठीक यतिबेला आँचल शर्मा व्यस्त छिन् । उनले घुमाउरो पाराले आफ्नो व्यस्तता पछिल्लो समय झन बढेको बताएकी छिन् । स्मरण रहोस, उनी एक औषत नायिका हुन् । औषत नायिका भएकै बेला उनले म्युजिक भिडियोमा धेरै चर्चा पाइन् ।
त्यसमा पनि नायक पल शाहको प्रेमका कारण उनी बढी चर्चामा आइन् । पलले तत्कालै बिहे नगर्ने बताएपछि आँचलले उदीप श्रेष्ठसँग विवाह गरिन् । तर उनको चमक धमक कम छैन् । नयाँ फिल्म बनाउने तयारी समेत गरिरहेकी छिन् ।
तर पनि उनको कामको चर्चा मिडियामा यसरी भइरहेको छ, मानौ उनले नेपाली फिल्म क्षेत्रबाट अभिनय गरेर ओस्कार जितेकी छिन् । त्यति मात्रे होइन, उनले आफ्नो विरोधीलाई व्यंग्य गर्दै अरुलाई डाहा नगर्न पनि चेतावनी दिन्छिन् ।
आखिर अरुले डाहा गरे भन्ने आँचलले त्यस्तो डाह लाग्ने काम के गरेकी छिन् र ? नाई न भन्नु ल ४ बाट डेब्यु गरेकी यी नायिका कुनै पनि फिल्ममा त्यति शक्तिशाली नायिका भन्दा औषत समय बिताउने नायिकाका रुपमा बढी परिचित छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
टंक बुढाथोकीले 'मनबिनाको धन ठूलो कि धनबिनाको मन' फिल्म बनाउँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार