ओली देउवाबीच गोप्य वार्ता
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार २०:२४:४४
७ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली आफ्नो राजनीतिक भविष्य नै संकटमा पर्न थालेको आंकलन गरी असन्तुष्ट नेताहरुसँग निर्णायक युद्ध लड्ने पक्षमा देखिएका छन् । पार्टी संगठनमा बहुमतको लौरो चलाएर आफूविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग वार की पारको लडाईं गर्ने तयारी गरेका हुन् ।
सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठमा आरोप मात्र लगाएको भन्दै त्यसको जवाफ शब्द शब्दमा दिने गरी ओलीले १० दिने म्याद पाएका छन् । प्रचण्डलगायत माधव नेपालहरुलाई इँटका जवाफ पत्थर से भने झैं दिने मनस्थितिमा रहेका ओलीले पार्टी विभाजनकै अवस्था आउँदासमेत नछाड्ने मनस्थिति बनाएका छन् ।
त्यसको आंकलन गर्न उनले सबै अप्सन एकैपटक खुला गरेका छन् । सकेसम्म प्रचण्डलाई फकाएर प्रतिबेदन फिर्ता गराउने, नभए संसदीय दलमा बहुमत सिद्ध गर्ने, त्यो पनि संभव भएन भने दल विभाजन गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर चुनावमा जाने उनको रणनीति रहेको छ । सोही बमोजिम हिजो साँझ ओलीले प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका छन् । सत्ता साझेदारी गर्ने अवस्था आयो भने देउवाले साथ दिने नदिने भनेर नाडी छाम्नकै लागि हिजो ओलीले देउवालाई बोलाएको बताइन्छ ।
हिजो साँझ भएको भेटमा ओलीले सोझै सत्ता साझेदारीको प्रस्ताव त गरेनन् तर पार्टी संकटमा भएकाले सरकारले प्रतिपक्षीको सहयोग खोजेको र भविष्यमा समेत अझै मजबूत सम्बन्ध बनाउनुपर्ने अवस्थाबारे चित्रण गरेका थिए । सत्तासँग निकट सम्बन्ध राख्न रुचाउने देउवाले समेत ओलीको भनाइलाई सकारात्मक रुपमा लिएको र समयक्रममा आवश्यक सहकार्य गर्ने विश्वास दिलाएका छन् ।
नेकपा भित्र विवाद चर्किरहेका बेला देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गत साता शीतलनिवास बोलाएर छलफल गरेकी थिइन् । यो सबै ओलीका लागि संभावित संकट टार्ने पूर्व तयारी रहेको धेरैले अनुमान गरेका छन् । प्रधानमन्त्री ओली यतिबेला सबै संभावनाबारे सचेत भएर लागिरहेको देखिन्छ– बालुवाटार निकट स्रोतले भन्यो । देशैभरिका जिल्ला कमिटीमा आफ्नो पकड र पहच कस्तो छ भनेर परीक्षण गर्ने कामसमेत ओली पक्षले गर्न थालेको बुझिएको छ ।
सकेसम्म पार्टी कब्जा गर्ने नसके फुटाएरै भएपनि आम निर्वाचनमा जाने उनको दाउ रहेको बुझिन्छ – नेकपा निकट एक केन्द्रीय सदस्यले भने । तर परिस्थिति हेर्दा ओलीले चाहे जस्तो भने देखिंदैन । अर्का अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको पकड सबै तहमा ओलीको भन्दा मजबूत छ ।
त्यसैले केही नलाग्दा कांग्रेससँग मिलेर सरकार गठन गर्ने र संसद् विघटन गरी चुनावमा आफ्नो वर्चश्व कायम गर्ने दाउ ओलीको रहेको ती सदस्यले बताए । तर देउवाको एकल चाहनाले मात्रै ओलीसँग सहकार्य गर्ने अवस्था अहिले सहज छैन । किनभने आफ्नै विवादमा अल्झिएको कांग्रेसको पहिलो प्राथमिकता यतिबेला १४ औं महाधिवेशन हो । महाधिवेशन अगाडि अर्काे अजेण्डामा प्रवेश गर्न कांग्रेसलाई सजिलो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार