बिहिबार , माघ ८, २०७७

लागुऔषध मुद्दामा भारतीय हास्यकलाकार भारती सिंहको जोडी पक्राउ

लागुऔषध मुद्दामा भारतीय हास्यकलाकार भारती सिंहको जोडी पक्राउ

७ मंसिर, काठमाडौं । लागुऔषध मुद्दामा भारतीय हास्यकलाकार जोडी पक्राउ परेका छन् । हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको भोलिपल्ट उनका श्रीमान्‌ हर्ष लिम्बाचिया पनि पक्राउ परेका बिबिसीले जनाएको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् ।

भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा रहेको घरमा एनसीबीले छापा मारेको थियो ।

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउड कलाकार एनसीबीको निशानामा परेका छन् । यसअघि नायक अर्जुन रामपाल पनि ड्रग्स सेवनको आरोपमा एनसीबीको कार्यलयमा बयानका लागि पुगेका थिए ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीका जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान्‌ हर्षलाई आइतवार गिरफ्तार गरिएको हो । उनीहरूको घरबाट लागुऔषध गाँजा बरामद गरिएको छ ।

यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिरफ्तार गरेका थिए। एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्‌माथि गाँजा राखेको विषयमा आरोप छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय