मैले पार्टी फेरे कमरेड
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार १:२६:३
कविता
हिजो तातो रापमा पसिना पुच्छ्दै
कहिले लेक त कहिले बेशी गरेका दिनहरु
अनि चिसो छिँडीमा अगेनाको डिलमा आगो ताप्दै
बिताएका चिसा चिसा रातहरु,
सबै आफैले केरे कमरेड
मैले पार्टी फेरें कमरेड ।
आज तिनै हिजो बिर्सिएर रमाई रहेका शहरहरु
जताततै भोक, रोग र माहामारीका कहरहरु
हेर्दा केही फरक देखिदैनन्, अनुभूति पनि कुनै नौलो हुँदैन
केबल यात्राका साथीहरु अनि यात्राका साधनहरु
मात्र फेरिएका छन् जस्तो लाग्छ ।।
यो अवस्थामा आईपुग्न तिमीले पनि त निक्कै
संघर्ष गरेको हुनुपर्छ ।
कतिलाई सलाम त कतिलाई ज्यू हजुरी गरेको हुनुपर्छ ।
तिमीले भनेका सबै कुरा टेरें कमरेड
मैले पार्टी फेरे कमरेड ।।।
बालापनमा साथीहरुसँग बिताईएका क्षणहरुको कल्पनामा
युवावस्थामा साँचिएका सपनाका महलहरु
अनि प्रौढ प्रस्थानको बिन्दूमा ओईलाएका सपना र रहरहरु
किन हिजोको बालापनमा झैं मेरो आत्मिय साथी भेटिदैन ?
युवावस्थाका जोशहरु साँचेको किन मेरो साथी देखिदैन ?
परी क्षितिजमा आउने घाँमसँग प्रश्न गर्छु
तिमीले हिजो पनि देखेको हुनपर्छ
यी सबैको हिसाब किताब लेखेको हुनुपर्छ
तिमी पनि त म जस्तै अटुट यात्रामा निस्किएका छौ नि
निरन्तर निरन्तर
तिमीले देखेका कुराहरु सबै सत्य छन् केबल म मात्रै असत्य छु
तिम्रा सबै काला कर्तुतहरु आफ्नै आँखाले हेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।।।।
मैले तिमी जस्तो झुठ बोल्नै जानिन
तिम्रा मन भित्र पालिएका जस्ता गलत सोच र बिचार
मैले मेरो मश्तिष्कको टोकरीमा हालिन ।
सधैं तिनै निमुखाका न्यायका लागि लडदा लडदै
मेरा नौ-नाँडी सबै गले कमरेड
मैले पार्टी फेरे कमरेड ।।।।।
अब कहिल्यै तिम्रा सामु गरिवीको गीत गाउने छैन
असहायलाई न्याय चाहियो भनेर तिम्रा दलिन धाउने छैन
तिम्रा दलिन, चोटा, कोठामा मनिजनको भीड देखेको छु
तिम्रा हिजोका फोश्रा आश्वासन यिनै मन भित्रै लेखेको छु
भैगो रहन देउ सर्वहारालाई उसैको बास्तविक अवस्थामा
तिमी फेरियौं, तिम्रा आफन्त फेरिए यसैमा ढुक्क छु
तिमी ढुक्क भए हुन्छ मैले पनि यो दशैंमा
नयाँ धोती बेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।।।।।।
मेरो बिन्ती छ अब तिमीले गरिबलाई मजाक नउडाईदेउ
ठेकेदारको घरमा बसेर सर्वहाराको नारा नलगाईदेउ
सत्ताको रापले पिल्सिएका तिम्रा नितम्बका बिरालीहरु
पद र पैसाले कहिल्यै नअघाउने तिम्रा ससुरालीहरु
छोरी, ज्वाइँज्वाँई, साली ठूलो परिवार छ तिम्रो अचेल
सधैं जनताकै उधारो खायौ, सधै जनताकै जड्यौरी लायौ
देशलाई पाकेको लौको जस्तो बाहिर सग्लो ।।।।।।।
तर भित्रभित्रै खोक्रो बनायौं
यत्ति हुँदाहुँदै पनि आखिर
अरु सबैं सुगन्धित छन् तिमी मात्रै किन गन्हायौं ?
मैले तिम्रो असली अनुहार हेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।।।।।।।।
अब त यो मुलुकमा बाँकी पनि केहि नरहने भैगो
जनताको आशाको त्यान्द्रो पनि अब त चुडिँएर गै गो
अत्ति मात्रै हैन अत्याचारै गरेर देखायौं
तिम्रा अपराधका घैंटा बीच सडकमै फुटायौं
मैले चिने अब पछि फर्केर पनि हेर्ने छैन
पार्टी जोड या फोर मलाई कुनै प्रवाह छैन
मैले मन मोडे कामरेड
मैले पार्टी फेरे ‘छोडे’ कमरेड ।।।।।।।।।।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार