चन्दका जिल्ला नेता लामा गिरफ्तार
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार १:३४:१३
७ मंसिर, काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आज साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।
समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।
यसअघि गत कात्तिक २६ गते चन्द नेतृत्वकै अर्का जिल्ला सदस्य मधुसूदन बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जर्बजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले पक्रेको थियो ।
सन्ताउन्न वर्षीय बजगाईँलाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरेको छ । लामालाई पनि सोही प्रकृतिको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार