सुत्केरीको मृत्युपछि अस्पतालमा आफन्तद्धारा तोडफोड
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार ३:५८:४७
७ मंसिर, लहान । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ । सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आज तोडफोड गरेका हुन् ।
चिकित्कसकै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएको थियो ।
शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन् । सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ । लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान् प्रमोद साहले बताए ।
चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ । यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार