अत्तालिएका ओली
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १८:४२:४९
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको तनाब बढ्दो छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीविरुद्ध १९ पन्ने प्रस्ताव पेश गरेपछि उनको मथिंगल खल्बलिएको छ । पार्टीमा आफूविरुद्ध लागेका प्रचण्डलगायत पाँच शीर्ष नेतालाई बाल नगन्ने ओली प्रवृत्तिले निम्त्याएको बबाल विस्तारै झाँग्गिदै गएको छ ।
ओलीले प्रचण्डको चुनौती सामना गर्ने भन्दै हरेक आरोपको जवाफ दिने भन्दै १० दिने म्याद लिएका छन् । उक्त म्याद आउने १३ मंसिरमा पूरा हुँदैछ । ओलीले अहिले दोहाेरो खेल खेल्दैछन् । एकातिर प्रचण्डलगायत बहुमत सचिवालय सदस्यको सहमतिमा आएको आरोपपत्रको जवाफ दिने पनि भन्दैछन् अर्कातिर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब समेत दिइरहेका छन् । तर प्रचण्डले कुनै हालतमा प्रस्ताव फिर्ता नलिने अडान लिएका छन् ।
ओलीका दूतहरुलाई उनले सिधा भाषामा यसो भनेका छैनन् ,तर निकट नेताहरुलाई उनले प्रष्टै भनेका छन्– प्रस्ताव फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै हो । प्रचण्डले कुनै हालतमा प्रस्ताव फिर्ता नलिने अडान लिएपछि ओलीको तनाब थपिएको छ । मन बहलाउन उनी आज बिहान एक्कासी पूर्वी पहाडी जिल्ला ताप्लेजुङ हान्निएका छन् ।
विशेष कार्यक्रम केही छैन, मात्र तनाब घटाउन उनी उक्लिएका हुन् । तर प्रचण्डले प्रस्ताव फिर्ता नलिने अडानलाई निस्तेज पार्न ओलीले फेरि अर्काे चाल चलेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई खुमलटार पठाएका छन् ।
आज बिहान आफू ताप्लेजुङतिर हान्निए लगत्तै उनले यान्छीलाई प्रचण्ड निवास पठाएका हुन् । यान्छीले आज बिहान प्रचण्डसँग भेटेर प्रस्ताव फिर्ता लिन आग्रह गरेको स्रोतको भनाई छ । तर प्रचण्डले आफू एक्लै यस्तो निर्णय गर्न सक्ने अवस्थामा नरहेकाले सल्लाह गर्ने वचन दिएका थिए ।
उता, ओलीले प्रचण्ड र अर्का नेता माधवकुमार नेपाललाई धम्क्याउन गत शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका छन् । भेटका बेला दीर्घकालिन सहयात्राको प्रस्ताव ओलीले राखेको स्रोतहरुले दाबी गरेका छन् । ओलीको अस्थिर मनस्थितिले यसै गर्लान् भन्ने अन्दाज गर्न गाह्रो छ ।
तर उनको पहिलो प्रयास चाहिं प्रचण्डलाई प्रस्ताव फिर्ता लिन लगाउनमै केन्द्रित देखिएको छ । उक्त मनसुवा पूरा नहुँदा ओलीले दोस्रो विकल्पका रुपमा संसदीय दलमा बहुमत सिद्ध गर्ने प्रयास गर्नेछन् । त्यो पनि सम्भव भएन भने चाहिं उनले संसद विघटन वा दल विभाजन गरी कांग्रेसको समर्थनमा चुनाव गराउने खेल खेल्ने तयारी गरेको जानकारहरुको अनुमान रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार