सप्तरी राप्रपा संयोजकमा साह सर्वसम्मत चयन
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार १:२४:५७
◊ धीरुभाइ
८ मंसिर सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण भएको झण्डै एक वर्षपछि जिल्लामा एकिकरण समायोजन प्रक्रिया अगाडि बढाएको छ ।
यसैक्रममा सप्तरीको संयोजकमा उम्मदेश्वरप्रसाद साह र सह संयोजकमा बिनोद पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । साह तत्कालीन राप्रपा (संयुक्त) अध्यक्ष थिए भने पाण्डे राप्रपाका अध्यक्ष थिए ।
एकिकरण भएका राप्रपा र राप्रपा संयुक्तका पदाधिकारीको एक संयुक्त बैठकले जिल्ला नेतृत्वको जिम्मेवारीमा साह र पाण्डेलाई सर्वसम्मत चयन गरी अन्य पदाधिकारीको लागि छलफल अगाडि बढाएको छ । यस्तै, बैठकले छ जनालाई केन्द्रीय संदस्यको लागि सिफारिस गरिएको छ । बैठकले मिना राणा , माहामायाप्रसाद सिंह, सुभाषचन्द्र झा, बलराम चौधरी, रेणु साह, ललितादेबी मंडललाई केन्द्रीय सदस्यका लागि सिफारिस गरिएको संयोजक साहले जनकारी दिए ।
पशुपति शम्सेर राणाको नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वको राप्रपा(राष्ट्रवादी) २०७५ माघ १६ मा एकिकरण भई राप्रपा (संयुक्त) नामाकरण गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ गते राप्रपा (संयुक्त) र कमल थापा नेतृत्वको राप्रपा एककिरण भई राप्रपा नामाकरण गरिएको छ । एकिकरणपछि राणा, लोहनी र थापाले संयुक्त रुपमा नेतृत्व सम्हाल्दै आएका राप्रपाको चिन्ह गाई र चुनाव चिन्ह हलो रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार