काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाई
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १७:३८:१४
९ मंसिर, काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त भएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो ।
बिदाई कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्ति विकासका लागि सक्रियतापूर्वक कार्य भएको स्मरण गरे । सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै उनले आफ्नो कामको मूल्याङ्कन इतिहासले गर्ने धारणा राखे ।
काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ओझा सरल, सहज स्वभावका रहेको स्मरण गर्दै सहकार्यमा समस्या उठाए पनि समाधानका उपायसमेत दिने गरेको बताए ।
कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताए । २ वर्ष २ महिना सँगै सहकार्य गरेको स्मरण गर्दै उनले ओझामा संस्थागत रूपमा राजनीतिक आस्थाभन्दा माथि रहेर काम गर्ने क्षमता रहेको विश्लेषण गरे । प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले सदस्य ओझाले कर्मचारीका समस्या र गुनासालाई सौहार्दपूर्ण रूपमा बोर्डमा राखिदिने गरेको बताए ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको उक्त कार्यक्रममा काउन्सिल सदस्यहरू चेतनाथ धमला, दीपक पाण्डे, दुर्गा भण्डारी, संगीता खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी, शाखा अधिकृत गीता पराजुली, शाखा अधिकृत रामेश्वर पराजुली र शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार