नेकपा विभाजन निश्चित
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १९:३१:४६
९ मंसिर, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको कार्यशैली र व्यवहारले अब विभाजन सुनिश्चित भएको संकेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एक नम्बरी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको मनमुटाव र संवादहिनताले विभाजनको संकेत गरेको हो ।
पार्टी संगठनमा ओली सबैतिर अल्पमतमा छन्, तर उनी त्यसलाई मान्न तयार छैनन् । यही मंसिर ३ गते ओलीले सचिवालय बैठकमा प्रष्टै भने– यहाँ बहुमत र अल्पमतको कुरा गरिन्छ, तर त्यसको परीक्षण भएको छैन् । त्यसैले निर्क्याैल नभएसम्म म त्यसलाई मान्न तयार छैन् ।
गएको कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको १९ पृष्ठको प्रतिवेदनले ओलीको मन भाँच्चिएको छ ।त्यसलाई काउन्टर गर्न ओलीले मंसिर ३ गते १० दिने म्याद लिएका छन् । तर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब सिर्जनासमेत गरिरहेका छन् । प्रचण्ड भने अब प्रस्ताव फिर्ता नहुने भन्दै बरु ओलीको जवाफ आएपछि नयाँ सहमतिको लागि पहल गर्ने बताउने गरेका छन् ।
प्रचण्डले प्रस्ताव फिर्ता नलिए उनलाई पार्टीबाट निकाल्ने ओलीको दाउ छ । त्यसका लागि उनले पूर्व एमाले पक्षलाई एकाकार गर्नुपर्ने हुन्छ । ओलीको टीमले त्यसको प्रयास गरिरहेको छ । तर नेता माधवकुमार नेपाल भने अहिले प्रचण्डलाई लघार्दा भोलि आफ्नो हालत अझै निरीह बनाइने भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गरिरहेका छन् । तर कतिपय विषयमा प्रचण्ड र नेता नेपालबीच असहमति देखिएको छ । त्यसलाई मलजल गर्न पाए आफ्नो अभिष्ट पूरा हुने मनसुवा ओली पक्षको रहेको छ । तर नेता नेपाल त्यसमा बढो चनाखो देखिएका छन् ।
प्रचण्डप्रति नेपाल क्रुद्ध
कात्तिक २८ गते सचिवालयमा पेश भएको प्रचण्डको राजनीतिक प्रतिवेदन अहिले पार्टीका तल्ला निकायमा समेत पठाइएको छ । प्रचण्डले हिजो दिउँसो प्रतिवेदन प्रिन्ट गरेर तल्लो तहमा पठाएपछि नेता नेपाल बिच्किएका छन् । उनले आफूसँग छलफल नै नगरी एकल रुपमा यसरी प्रतिवेदन तल्लो निकायमा छलफलका लागि पठाउँदा विभाजनका लागि बल पुग्ने भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।
प्रचण्डले समेत यसमा आफ्नो तर्फबाट कमजोरी भएको स्वीकार्दै तत्कालै फिर्ता गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । तर यही विषयलाई लिएर नेता नेपालले ओली पक्षलाई साथ दिने भन्ने चाहिं होइन ।
ओलीको चाहना
प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बाँकी कार्यकाल भरि आफैं प्रधानमन्त्री रहने पक्षमा छन् । त्यसैका लागि उनले अहिलेसम्म आफ्नो अड्डी छाडेका छैनन् । यद्यपि विगतमा प्रचण्डसँग भएको आलोपालो प्रधानमन्त्री चलाउने सहमति उनका लागि घाँडो बनेको थियो । तर उनले यसमा प्रचण्डलाई चुकाइसकेका छन् । कार्यकारी अध्यक्ष बनाउने भन्दै पाँचै वर्ष प्रधानमन्त्री पद सुनिश्चित गरोका थिए ।
तर अब त्यो अवस्था रहेन । प्रचण्डमार्फत नेता नेपालले सरकारलाई सधैं अस्थिर बनाउन थालेपछि ओली क्रुद्ध भएका हुन् । उनी कुनै हालतमा कार्यकारी पद छाड्न तयार छैनन् । त्यसका लागि आवश्यक परे पार्टी विभाजन गर्ने तहसम्मको जोखिम बहन गर्न उनी तत्पर देखिएका छन् । त्यसैले उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिमचिम बढाइरहेका छन् ।
अब वार कि पार नै
पार्टी एकता नभत्कियोस् भनेर दोस्रो तहका नेताहरुको दौडधूप जारी छ । ओली निकट शंकर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, प्रदीप ज्ञवालीहरु प्रचण्डलाई फकाउन लागिपरेका छन् । यस प्रयोजनका लागि प्रचण्ड निकट नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी , देबेन्द्र पौडेल र चक्रपाणि खनाल लागिपरेका छन् । प्रचण्डसँग प्रस्ताव फिर्ता लिन उनीहरुले आग्रह गरे । तर त्यसका लागि प्रचण्ड तयार छैनन् ।
अहिलेको अवस्थामा प्रस्ताव फिर्ता लिनु भनेको आत्महत्या गर्नु जत्तिकै भएको उनको बुझाई छ । नेता नेपाल पनि अब ओलीसँग सधैं किचकिच किचकिच गर्ने पक्षमा छैनन् । जे हुने हो, वार कि पार नै गरौं भन्नेमा उनी दृढ देखिएका छन् । फलाम तात्तिएका बेला नै घन प्रहार गर्नुपर्छ भन्ने उनको मान्यता हो । विवाद चर्किरहेकाले यसैले छिनोफानो गरोस् भन्ने चाहना नेपालको पनि रहेको छ । त्यसका लागि ओलीको जवाफ कुरिरहेका छन् ।
बामदेव अझै ढुलमुलमा
सचिवालय सदस्य बामदेव गौतम एउटै कित्तामा स्थिर नहुँदा प्रचण्ड – नेपाल पक्ष शशंकित भएको छ । सचिवालय बैठकमा प्रष्टसँग ओलीको विपक्षमा देखिएका उनले बाहिर भने आफू कुनै गुटमा नरहेको बताउने गरेका छन् ।
यसले ओलीलाई नै बल पुगिरहेको छ । त्यसैले बामदेव कतिबेला कुन कित्तामा पुग्ने हुन् भनेर प्रचण्ड र नेपाल डराएका छन् । हुन त बामदेवले आफू ओली विरुद्ध प्रतिवद्ध रहेको भन्दै प्रचण्डलाई ढुक्क हुन आश्वास्त गर्न खोजेका छन् । तैपनि प्रचण्ड भने उनीसँग धेरै भर पर्ने अवस्थामा देखिएका छैनन् ।
बादल अझै खुलेनन्
सचिवालय बैठकमा प्रचण्ड निकट रामबहादुर थापा बादल प्राय केही बोल्दैनन् । उनी दुबै पक्षका गुट भेलामा सहभागी हुन्छन् । जसले गर्दा प्रचण्डलाई हानी पुग्ने गरेको छ । यो अवस्थालाई चिर्न प्रचण्डले गएको शनिबार बादलसँग लामो छलफल गरेका थिए । खुमलटार डाकेर प्रचण्डले बादलसँग आफूलाई खुलेर सहयोग गर्न आग्रह गरे ।
तर बादल भने अझै खुलेनन् । उनले पार्टी एकताका लागि दुबै अध्यक्ष मिल्नुपर्ने मात्र भने । तर ओली विरुद्ध खुलेर आउनेमा उनले बिमति जनाए । बादलको तर्क थियो– ओलीको सरकारमा बसेपछि उनको विरोध गर्नु अनैतिक कार्य हो । त्यसैले ऐन मौकामा मात्रै आफू खुल्ने उनले बताएका थिए । बादलको यही शैलीका कारण ओलीलाई सजिलो भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार