ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार २१:३१:२६
९ मंसिर, पोखरा। कास्कीको मादी गाउँपालिका–६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जनालाई सिरक वितरण गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष पसबहादुर बाँस्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रा गुरुङले भौतिक शरीर टाढा हुँदैमा आफ्नो गाउँठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने बताए ।
प्रतिष्ठानका सचिव एवं महारुद्र मावि तप्राङका प्रधानअध्यापक गङ्गाधर बरालले मानवीय सेवामा जुट्न आग्रह गरे । जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुशी छाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार