प्रचण्डका घरबेटीबाट ५ करोडको धरौटी जफत
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार २१:४६:७
९ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीको कम्पनी सैलुङ इन्टरप्राइजेजले फेरि पनि सरकारलाई धोका दिएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ठेक्कामा दिएको मल नल्याएपछि प्रचण्डका घरभेटीलाई सरकारले कारवाही गरेको हो ।
३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको शैलुङले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको हो ।
सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको हो ।
असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको थियो । सैलुङले प्रतिमेट्रिक टन ३११ दशमलव ५० डलरमा मल ल्याउने गरी ठेक्का हात पारेको थियो ।
यसअघि पनि समयमै मल नल्याएपछि कृषिमन्त्री घनश्याम भुषालले शैलुङको धरौटी जफत गर्ने निर्णय गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
चैत १५, २०८० बिहिबार
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार