दुर्गमका स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ बुधबार २:३८:१३
९ मंसिर, खाँदबारी । अरुणपारिको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा शुरु भएको छ । सो ठाउँ भौगोलिक रूपमा विकट र अहिलेसम्म सदरमुकाम खाँदबारीदेखि सिधा यातायातको सुविधाले छोएको छैन ।
एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा भौगोलिक कारणले कर्मचारी तथा स्वास्थ्यकर्मी नै बस्न मान्दैनन् । अधिकांश समय अहेव र अनमीले अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । पाँच वडा रहेको गाउँपालिकामा एक महिनाको अवधिमा २०० भन्दा बढी गर्भवतीले भिडियो एक्सरे सेवा लिइसकेका छन् ।
एक गैरसरकारी संस्थाले पाँच लाख बराबरको युएसजी मेसिन र २१ दिने तालीम सहयोग गरेपछि ताम्कुको उक्त अस्पतालमा सेवा सञ्चालन भएको हो । झापाको आम्दा अस्पतालमा २१ दिने तालीम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै यस्तो सेवा प्रवाह गर्न थालेकी हुन् । गाउँमा नै आएर सेवा गर्न पाएकोमा खुसी लागेको अनमी राईले बताए ।
यो सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने गाउँपालिकाले विश्वास लिएको छ । दुई दिनसम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्था बारे जानकारी लिनुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ ।
गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक दुई–दुई महिनामा नियमित शिविर सञ्चालन गरिने सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार