बालिका बलात्कार तथा हत्या प्रकरण : १५ जना सुरक्षाकर्मी घाइते
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ बुधबार २:४७:५१
९ मंसिर, महोत्तरी । बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले गरेको आगजनी तथा ढुंगामुढा नियन्त्रणको क्रममा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
अवस्थालाई नियन्त्रणमा लिन खटिएका प्रहरी नायव उपरीक्षक डीएसपीसहित १५ जना प्रहरी कर्मचारी घाइते भएका हुन् । बालिका हत्याको विषयलाई लिएर उत्तेजित भीडले घरमा आगजनी गरेको, प्रहरी बिट जलाउने प्रयास गरेको थियो ।
प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिन खोज्दा बर्दिबास नगरपालिका १ बस्ने ४५ वर्षीय संजय भन्ने बुद्धि राज न्यौपाने र सोही नगरपालिका ५ बस्ने २६ वर्षीय श्याम कार्की घाइते भएका छन् ।
उनीहरुको महोत्तरीमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । भीडले ढुङ्गामुढा गर्दा नेपाल प्रहरीतर्फ डीएसपी सहित १२ जना र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३ जना गरी १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
स्थानीयको विरोधका कारण केही गाडीमा समेत क्षति पुगेको छ । उनीहरुले गाडीमा ढुंगामुढा गरेका थिए । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २५ बर्षीय अरुण शाहलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार